NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

उपमेयर खड्कीद्वारा नगरसभा बहिस्कार

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्कीले नगरसभा बैठक बहिस्कार गरेकी छन् । महानगरप्रमुख विद्यासुन्दर शाक्यले तयार पारेको नीति तथा कार्यक्रमप्रति चित्त नबुझेको भन्दै उनले नगरसभा बहिस्कार गरेकी हुन् । महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्न बिहीबार ११ बजे नगरसभा बैठक बोलाइएको थियो । तर नीति तथा कार्यक्रम एकै चोटी नगर कार्यपालिकाको बैठकमा ल्याएर सुनाएको र सुधार गर्ने अवसर समेत नदिएको कारण सभा बहिष्कार गरेको उनले बताइन् । आफूसँग कुने पनि सल्लाह नै नगरी नीति तथा कार्यक्रम ल्याएपछि नगरसभा बैठक बहिस्कार गर्नुपरेको उनको भनाइ छ । नीति तथा कार्यक्रममाथि सुझाव लिन समय दिनुपर्नेमा त्यसो पनि नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् । उपमेयरसँगै महानगरपालिकाको वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालले पनि बहिष्कार गरेका छन् । मेयर शाक्यले बिहीबार नीति तथा कार्यक्रम बहुमतले पारित गर्ने तयारी गरेको समेत उनले सुनाइन् । सभा बहिष्कार गरेपछि मेयर शाक्यले उपमयेर खड्गीलाई टेलिफोन गरेका थिए । तर आफूले सुधार्नु पर्ने कुरा नसुधारे सहयोग नगर्ने प्रतिक्रिया दिएको उनले बताइन् ।