कोरोना विरुद्ध बनेको दुई अरब खोप कहाँ गयो ? - Nepal Watch Nepal Watch

कोरोना बिशेष

जेष्ठ २७, २०७८ बिहीबार


कोरोना विरुद्ध बनेको दुई अरब खोप कहाँ गयो ?


कोरोना भाइरस महामारी पुरै विश्वलाई नै तहसनहस बनाएको छ । तर, यो अवधीमै सकरात्मक पाटोतर्फ यति कम समयमै कोरोना विरुद्धको दुई अरब डोज खोप बनिरहेको छ ।

कोरोनासँगको लडाईंमा हालसम्म निर्माण भएको खोपले विश्वलाई सघाइरहेको छ । यस वर्षको अन्त्यिसम्ममा विश्वभरमा ५.८ करोड मानिसलाई कोरोना विरुद्धको खोप लगाइने अनुमान गरिएको छ ।

तर, यी सबैका बाबजुद पनि भौगोलिक रुपमा केन्द्रिकृत र केही देशमा खोपको संग्रह हुँदा दुनियाँका हरेक देशमा खोपको उपलब्धता कति मात्रामा हुन्छ भन्ने प्रश्न उठेको छ ।

हालसम्म विश्वमा दुई अर्ब भन्दा बढि डोज कोरोनाको खोप उत्पादन भइसकेपछि यसको वितरण कसरी भइरहेको छ भन्ने प्रश्नले सर्वसाधारणमा चासो जगाएको छ ।

ड्युक्स ग्लोबल हेल्थ इनोवेश सेन्टर (जीएचआइसी)का अनुसार यो वर्ष १२ अर्बभन्दा धेरै डोज खोपको उत्पादन हुनसक्छन् । भ्याक्सिनको उत्पादन र आपूर्तिमा निगरानी राख्ने एनालिटिक्स फर्म एयरफिनिटीका अनुसार सन् २०११ मा ११.१ भन्दा धेरै मात्रामा भ्याक्सिनको उत्पादन हुनसक्छ ।

एयरफिनिटीका अनुसार पाँच वर्ष र त्यसभन्दा बढि उमेर भएका मानिसलाई कोरोना विरुद्धको खोप लगाउन १०.८२ अर्ब डोज पर्याप्त छ ।

तर, हाल विश्वमा समान रुपमा खोपको उत्पान भएको छैन् । ड्युक्स ग्लोबल हेल्थ इनोवेशन सेन्टरका सहायक कार्यकारी निर्देशक एड्रिया टेलर भन्छिन्, ‘महामारीले विश्वमा भ्याक्सिनको उत्पादन समान रुपले नभएको देखाएको छ ।’

भ्याक्सिनको उत्पादन हुने ठाउँ निकै महत्वपूर्ण हुन्छ । अहिले कोरोना विरुद्धका धेरै खोपहरु अमेरिका र बेलायतमा बनेका छन् । यी देशमा अन्य देशभन्दा पहिलेनै नागरिकले खोप पाइरहेका छन् किनकी खोपको उत्पादन नै यहि देशमा भएको छ ।

सँगै यी देशहरुले निर्यातमा प्रतिबन्द लगाएर पनि आफ्नो देशका नागरिकलाई विश्व बजारभन्दा पहिले खोप उपलब्ध गराउने रणनीति अपनाएका छन् ।

भ्याक्सिनको उत्पादनमा अर्को एउटा चुनौती हो, सप्लाई चेन । भ्याक्सिन बनाउन आवश्यक कच्चा सामग्रीलाई लिएर प्राविधिदेखि विशेषज्ञतालाई लिएर देशहरु बीच राम्रो नेटवर्क छैन् । जसकारण नयाँ डोज निर्माण हुनुपर्ने विभिन्न ठाउँमा खोपको उत्पादन नै बन्द भएको छ ।

यो समस्या भयाक्सिन उत्पादनमा विभिन्न तवरबाट असर गरिरहेको छ । एयरफिनिटीको अनुमान अनुसार यो वर्ष विश्वभर आपूर्ति हुने तीन भ्याक्सिनको दबदबा हुनेछ, जसमा फाइजर–बायोएनटेक (२.४७ अर्ब डोज), अक्सफोर्ड–एस्ट्राजेनेका (१.९६ अर्ब डोज) र सिनोभ्याक (१.३५ अर्ब डोज) रहेका छन् ।

हालसम्म फाइजर र सिनोभ्याक आफ्नो सुरुवाती लक्ष्य पुरा गर्न सफल भएका छन् । एस्ट्रोजेनेका भ्याक्सिनले यो वर्ष ३ अर्ब डोज खोप निर्माण गर्ने योजना बनाएको थियो ।

यस लक्ष्यलाई पुरा गर्न कम्पनीले विभिन्न ठाउँमा भ्याक्सिनको उत्पादन गरिरहेको छ भने साझेदारहरुसँग निर्भर रहेको थियो । जसका लागि भ्याक्सिन बनाउन आवश्यक प्रविधि, ज्ञानदेखि विशेषज्ञताको पनि आवश्यकता पर्छ ।

‘एस्ट्राजेनेका यो विषयलाई समाधान गर्न लामो समय लगाइरहेको छ,’ टेलर भन्छिन्, ‘मलाइ लाग्छ विश्वमै साझेदारी र प्रविधिको हस्तान्तरणमा उत्पादन बढाउने बारेमा सोचिरहेका अन्य कम्पनीको अवस्था पनि यस्तै नै छ । यहि प्रक्रियामा भ्याक्सिनको उत्पादनमा ढिलो भइरहेको छ । यसको विपरित फाइजर र सिनोभ्याकले आफ्नो स्तरबाट उत्पादन गरिरहेको छ ।’

विश्वमा भ्याक्सिनको वितरणलाई प्रभावित गर्ने अर्को मुख्य कारण भ्याक्सिनको निर्यातमा लगाइने प्रतिबन्ध हो । एयरफिनिटीका वरिष्ठ विश्लेषक मैट लिनलेका अनुसार यो समस्याको कारण विकासशील देशमा संक्रमण थप भयावह भइरहेको छ ।

फाइजरले सबैभन्दा धेरै भ्याक्सिन निर्माण गरेको छ । तर, यो खोप खरिद गर्ने धनी देशहरुमा पुगेका छन् । एस्ट्रोजेनेकाको उत्पादन युरोप र भारतमा भइरहेको छ र वितरण पनि यीनै देशमा सीमित छ ।

एयरफिनिटीका अनुसार चीनले मात्रै अहिले भ्याक्सिनको उत्पादन भारी मात्रामा गरिरहेको छ । हालसम्म चीनले २६.३ करोड डोज खोप अन्तराष्ट्रिय समूदायमा पठाइसकेको छ ।

अर्कातिर संयुक्त राष्ट्रको भ्याक्सिन वितरणको योजना कोभ्याक्समा पनि सबैभन्दा धेरै खोप वितरण गर्ने देश चीन बनेको छ । भ्याक्सिनको वितरणमा चीनको दबदबा भएको अहिले विश्वमा देखिएको छ ।

एयरफिनिटीका अनुसार १७ मेसम्म रुसको स्पुतनिक वीको ४.२ करोड डोज उत्पादन भएको छ, जसमध्ये १.३ करोड भ्याक्सिन निर्यात भइसकेको छ । यो भ्याक्सिनको उत्पादनमा पनि प्राविधिक देखि साझेदारीको समस्या देखिएको छ ।

रुसले सुरुवातमा विश्वभर १८ उत्पादन केन्द्रसँग सम्झौता गरेको थियो, जसमा रुस बाहिर काजकिस्तानमा मात्रै यसको उत्पादन भइरहेको छ ।

धेरै जसो विकासशील देशमा भारतको सीरम इन्स्टिच्युटमा बनेको एस्ट्राजेनेकाको भ्याक्सिनको पर्खाईंमा छन् । सीरमले महामारीभन्दा बाहेकको समयमा ६० प्रतिशत भ्याक्सिन उत्पादन गरिरहेको छ ।

तर, भारतमा यस वर्ष कोभिडको कहर आएका कारण निर्यातमा प्रतिबन्ध लगाइएको छ । जसकारण गरिब देशहरुमा भ्याक्सिनको आपूर्ति रोकिएको छ ।

भ्याक्सिनको साझेदारी

भ्याक्सिन ढिप्लोमेरी र भ्याक्सिनलाई लिएर एकजुटताको चर्चा भएतापनि कतिपय देशहरुले अन्य देशमा भ्याक्सिनको निर्यात गरेका छैनन् । एयरफिनिटीको अनुमान अनुसार आपूर्तिको लक्ष्य कार्यन्वयन हुने हो भने २०२१ सम्म विश्वभर नै २.६ अर्ब खोप मौजातमा रहन्छ ।

२०२१ मा कोभ्याक्सले जुन लक्ष्य राखेको छ, मौजात रहने भ्याक्सिन त्योभन्दा धेरै छ । युरोपीय संघ र अन्य पाँच देश अमेकिरा, जापान, ब्रिटेन, ब्राजिल र क्यानडामा ९० प्रतिशत अतिरिक्त भ्याक्सिन हुनेछन् ।

तर, यी देशमा अतिरिक्त रहेका खोप संयुक्त राष्ट्रको कोभ्याक्स अभियानलाई उपलब्ध गराएमा विश्वका हरेक देशका आवश्यक मानिसलाई खोप लगाएर कोरोना महामारीबाट सुरक्षित राख्न सकिन्छ ।

तर, भविष्यमा के हुने भन्ने स्पष्ट छैन् । कतिपय देशमा आफ्नो नागरिक लाई बुस्टर स्टार्ट दिने चर्चा सुनिएको छ भने केही देशहरुले बच्चालाई पनि कोरोना विरुद्धको खोप लगाउने योजना बनाइरहेका छन् ।

युनिसेफको आपूति विभागको खोप केन्द्रका प्रवन्धक एन आन्टोसेनका अनुसार आफ्नो जनसंख्यामा खोप अभियानमा अगाडि रहेका देशहरुले अन्य देशसँग भ्याक्सिनलाई लिएर द्विपक्षीय सम्झौता गरिरहेका छन् ।

भ्याक्सिनको आपूर्ति हालसम्म भएका मागमध्ये ५४ प्रतिशत खोप धनि देशहरुको छ भने त्यहाँको जनसंख्या विश्वको जनसंख्याको १९ प्रतिशत मात्र छ ।

अटोसेनका अनुसार धेनि देशहरुले भ्याक्सिनको आपूर्तिलाई संतुलनमा राख्ने हो भने भ्याक्सिनको अतिरिक्त डोज गरिब देशलाई पनि उपलब्ध हुनेछ ।

उनले भनेका छन्, ‘गरिब देशहरु भ्याक्सिन लगाउने रेशमा पछि परिरहेका छन् । सन्तुलित वितरण भएमा कोरोना विरुद्ध विश्वको धेरै जनसंख्यालाई सुरक्षित राख्न सकिन्छ ।’

बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्