NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

हेटौंडाबाट १४३ किलो गाँजासहित तीन जना पक्राउ

मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने हेटौंडा उपमहानगरपालिका–११ थाना भर्याङस्थित सडकखण्डबाट १४३ किलो ३०० ग्राम लागुऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ सिगार्से बस्ने २८ वर्षीय सनकबहादुर तामाङ, सोही नगरपालिका वडा नं ८ का २४ वर्षीय सोमे तामाङ र मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का १८ वर्षीय सविन तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनका अनुसार बिहीबार बिहान मनहरिबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ख ९९१० नम्बरको कन्टेनर गाडीलाई रोकी जाँच गर्ने क्रममा लुकाइछिपाइ ल्याइएको उक्त परिणामको गाँजा बरामद भएपछि प्रहरीले गाडी चालक सनकबहादुर, सहचालक सोमे र सवार सविनलाई पक्राउ गरेको हो । उनीहरुलाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रिमालले बताए । पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी कारवाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।