NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

बंगलादेशमा लकडाउन थप एक महिना लम्ब्याइयो

काठमाडौं । बंगलादेशमा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि त्यहाँ जारी रहेको लकडाउन पनि थप एक महिना लम्ब्याइएको छ । बंगलादेश सरकारले भाइरसको प्रकोप नघटेपछि जारी रहेको लकडाउनलाई थप एक महिना लम्ब्याइएको बुधबार जानकारी दिएको छ । उक्त लकडाउन बुधबार रातिदेखि थपिएको छ । लकडाउन आगामी महिना जुलाइको १५ तारिखसम्म कायम रहने घोषणा गरिएको बताइएको छ । त्यस अवधिका लागि सार्वजनिक यातायताका साथै पर्यटनसँग सम्बन्धित होटल रेष्टुरेन्टहरु सीमित संख्यामा मात्र खुल्न दिइने बताइएको छ । सरकारी कार्यालय तथा बैंक र फाइनान्स सेवा पनि प्रत्येक दिन केही घन्टा छुट्याएर खोल्न दिइने छ । यो लकडाउन देशैभरि लगाइएको बताएको छ । बंगलादेश सरकारको मन्त्रीपरिषदको बैठकले बुधबार लकडाउनको समयावधि थप गरेको जनाएको छ । बंगलादेशमा पनि पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको देखिएको छ ।