अस्ट्रेलियाले ६० वर्षभन्दा माथिका व्यक्तिलाई मात्र खोप लगाउने
काठमाडौं । अस्ट्रेलिया सरकारले कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप ६० वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई मात्र लगाउने जनाएको छ । यसअघि यो खोप ५० वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई दिइन्थ्यो । गत साता अस्ट्राजेनिका खोप लगाएकी एक ५२ वर्षीया महिलाको मस्तिष्कमा रगत जमेका कारण मृत्यु भएपछि सरकारले उमेर बढाएको हो । स्वास्थ्य मन्त्री ग्रेग हन्टले बिहीबारको नयाँ घोषणा गर्दा कुनै वैज्ञानिक तथ्यमा आधारित भएर नगरिएको बताउँदै सरकारले सचेतता अपनाउन चाहेको बताएका छन् । अस्ट्रेलियाले ५० देखि ५९ वर्षको उमेरका व्यक्तिलाई सरकारले स्वीकृत गरेको फाइजर खोप लगाउन सिफारिस गरेको छ । अस्ट्रेलियामा अस्ट्राजेनिका खोप लगाएका मध्ये दुई व्यक्तिको मस्तिष्कमा रगत जम्ने समस्याबाट मृत्यु भएको आशंका गरिएको छ । सर्वप्रथम गत अप्रिलमा अस्ट्राजेनिकाको खोप लगाएकी ४८ वर्षीया एक महिलाको मृत्यु भएको थियो । ती महिलाको मृत्यु भएसँगै सरकारले ५० वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई मात्र अस्ट्राजेनिका खोप लगाउन सिफारिस गरेको थियो । अस्ट्राजेनिका खोप लगाएका व्यक्तिमा मस्तिष्कमा रगत जम्ने समस्या नदेखिएका व्यक्तिलाई मात्र दोस्रो डोज खोप लगाउन सरकारले अनुरोध गरेको थियो । अस्ट्रेलिया सरकारले आफ्ना नागरिकका लागि अमेरिकी खोप उत्पादक मोडर्नाका खोपहरु चाँडै भित्र्याउने योजना बनाएको छ, । यसै वर्षको अन्त्यसम्ममा सबै वयस्क व्यक्तिलाई कम्तीमा एक डोज खोप लगाउने योजना रहेको बताइएको छ ।
ताजा अपडेट
-
साढे चार करोडको लागुऔषधसहित ठमेलबाट दुई विदेशी पक्राउ
-
विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्याउने शिक्षा अध्यापन गराउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै
-
सहसचिव धनीराम शर्माको नेतृत्वमा बजेट लेखन समिति गठन, को-को छन् समितिमा ?
-
अवैध आयात र दक्षजनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग
प्रतिक्रिया