NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

महाकाली नदीमा बाढीको जोखिम बढ्यो, सतर्कता अपनाउन आह्वान

पश्चिम नेपाल भएर बग्ने महाकाली नदीमा बाढीको खतरा बढेको छ। पारीगाउँ केन्द्रमा जलसतहले खतराको तह पार गर्ने स्थिति देखिएपछि बाढी पूर्वानुमान महाशाखाले अलर्ट जारी गरेको छ।डडेल्धुराका तटीय क्षेत्रहरुमा दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको हो। ‘आज महाकाली र यसका ससाना सहायक नदीमा बहाब बढ्ने र केही साना नदीमा बहाब सतर्कता तह पारगरी खतरा तह आसपास पुग्न सक्ने पुर्वानुमान रहेकोले उक्त क्षेत्रका स(साना नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनऔं,’ महाशाखाले भनेको छ।