NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

जनकपुर–जयनगर रेल भाडा तीन सय रुपैयाँसम्म

भारतीय कम्पनी कोन्कणलाई वार्षिक ३५ करोड दिएर उसैमार्फत रेल सञ्चालन गर्ने सहमति, तर रेलको पहिलो वर्षको आय भने १० करोड मात्र हुने प्रक्षेपणलामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको जनकपुर–जयनगर रेलवे सेवा असार महिनाभित्रै सञ्चालन हुने भएको छ । कोरोना महामारीको अवस्था साम्य हुँदै गएपछि रेल सञ्चालनका लागि तयारी गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले रेल विभागलाई निर्देशन दिएका छन् । रेल सञ्चालनसम्बन्धी कानुन अध्यादेशबाट आइसकेका कारण आवश्यक तयारी गरी तत्काल रेल सञ्चालन गर्न मन्त्री नेम्वाङले रेल विभागलाई निर्देशन दिएका हुन् । नेपाल रेलवे कम्पनीले रेल सञ्चालनका लागि आवश्यक कर्मचारी, टिकट, भाडादरसहितका कार्य पूरा गरिसकेको छ । रेलवे सञ्चालनअघि नेपाली पक्षका कर्मचारीलाई प्रशिक्षण दिन २ असारमा भारतीय कर्मचारी जनकपुर आइरहेका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले बताए । कोरोनाको दोस्रो लहर सुरु हुनुअघि पनि नेपाली कर्मचारीलाई तालिम दिन भारतीय कर्मचारीहरू जनकपुर आएका थिए । तर, तालिम सुरु भएको २ दिनमै लकडाउन सुरु भएपछि उनीहरू भारत फर्केका थिए । रेल सञ्चालनका लागि तत्कालीन जनकपुर–जयनगर रेलवेका पुराना कर्मचारी ७५ जना, चालकसहित प्राविधिकका २६ जना भारतीय कर्मचारी र प्रशासनका लागि १० जना कर्मचारीलाई करारमा नियुक्त गरिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईले बताए । उनले भने, ‘सम्झौतामा २६ जना भारतीय कर्मचारीको तलब–भत्ता, दुवै रेलवेको सर्भिसिङ, मेन्टिनेन्स, रेलवे ट्र्याकको मेन्टिनेन्स, नेपाली कर्मचारीलाई प्रशिक्षण भारतीय पक्षले दिने उल्लेख छ ।’ त्यसैगरी, सुरुको १ महिनाको डिजेल पनि भारतीय पक्षले नै दिने र पछि नेपाल रेल कम्पनीले आफ्नै पैसाले डिजेल खरिद गर्ने सम्झौता भएको उनले बताए । त्यसैगरी, स्टेसन तथा सबस्टेसनमा चाहिने फर्निचरहरू खरिद गरिसकेको उल्लेख गर्दै महाप्रबन्धक भट्टराईले भने, ‘हामीले रेल सञ्चालनको पूरा तयारी गरिसकेका छौँ, कोरोना संक्रमणको अवस्था सामान्य भएलगत्तै असार महिनाभित्रै रेल सञ्चालन गर्छौँ ।’ रेलवेको भाडादरसमेत फाइनल भइसकेको उनले बताए । रेलवेको न्यूनतम टिकट १५ रुपैयाँको हुनेछ । अर्थात् एक स्टेसनबाट अर्को स्टेसनसम्म जान कम्तीमा १५ रुपैयाँको टिकट खरिद गर्नुपर्छ । त्यसैगरी, जनकपुरदेखि जयनगरसम्मको साधारण भाडा ७५ रुपैयाँ र एसीमा ३ सयसम्म तोकिएको उनले बताए । त्यसैगरी, तत्काल बिहान, दिउँसो र बेलुका गरी दैनिक तीनपटक जनकपुर–जयनगर रेल सञ्चालन हुनेछ । ‘सुरुमा एउटै रेल चलाउने हाम्रो मनसाय छ, यात्रुको संख्या बढेपछि थप अर्को रेल चलाउँछाँै,’ महाप्रबन्धक भट्टराईले भने । नयाँ पत्रिकामा खबर छ।