NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

विवादास्पद जानकी मेडिकल कलेजका अध्यक्ष ओपी पाण्डे को हुन् ?

काठमाडाैं । जनकपुरस्थित जानकी मेडिकल कलेजले शैक्षिक सत्र ०७७०७८ मा एमबिबिएस अध्ययनका लागि ५० वटा सिट पाएको छ । जब कि कलेजको व्यवस्थापन भने लथालिङ्ग छ । त्यहाँ कुनै पनि फ्याकल्टीहरु चुस्तदुरुस्त छैनन् । यसबेला त्यस कलेजको एकलौटी जस्तै स्वामित्व ओमप्रकाश (ओपी) पाण्डेको हातमा छ । जानकारका भनाइमा उनले मेडिकल कलेजको गुणस्तर सुधारलाई कहिल्यै पनि प्राथमकितामा राखेका छैनन् । सम्वन्धन दिने, अनुगमन गर्ने तत्तत् निकायहरुलाई प्रभावमा पारेर पाण्डेले जानकी मेडिकल कलेज सञ्चालन गरिरहेका छन् । को हुन् त पाण्डे ? जानकी मेडिकल कलेजका सञ्चालक ओमप्रसाद (ओपी) पाण्डे बर्मेली मुलका नेपाली हुन् । एक समय पाण्डे बर्माबाट थाइल्याण्ड पुगेर रुबीपन्नाहरुको व्यापार गरेका थिए । पछि उनी नेपाल भित्रिए । सन् १९९७९८ मा काठमाडौं मेडिकल कजेल स्थापना हुँदाका लगानीकर्तामध्ये एक हुन्, पाण्डे । काठमाडौं मेडिकल कलेजको लगानीबाट उनले राम्रो मुनाफा कमाएका थिए । बिक्रम संवत् ०५५०५६ मा पाण्डे काठमाडौं मेडिकल कलेजबाट ठूलै थैली लिएर बाहिरिएका थिए । त्यही बेला स्वास्थ्य मन्त्रालयको महानिर्देशकबाट निवृत भएका महोत्तरी इटहरवाका डा. रामनन्द सिन्हाले धनुषामा मेडिकल कलेज स्थापनाको प्रकृया अघि बढाए । सिन्हाले यो प्रकृया अघि बढाउनुभित्र पनि रोचक प्रसंग छ । त्यसबेला कांग्रेस नेता डा. रामवरण यादव (हाल पूर्वराष्ट्रपति) स्वास्थ्य मन्त्री थिए । आफू स्वास्थ्य मन्त्री भएका बेला आफ्नो गृह जिल्ला धनुषामा मेडिकल कलेज स्थापना होस् भन्ने यादवको चाहना थियो । त्यसैले स्वास्थ्य मन्त्री यादवले सिन्हालाई मेडिकल कलेजका लागि धनुषामा प्रकृया अघि बढाउन सुझाएका थिए । जानकी मेडिकल कलेजमा ओमप्रसाद (ओपी) पाण्डे एक करोड ७४ लाख लगानीका साथ भित्रिएका थिए । तर, सुरुवातका एकदुई वर्ष बाहेक उनीहरुले कहिल्यै जानकी मेडिकल कलेजलाई सुव्यवस्थित ढंगले सञ्चालन गरेनन् । जानकारका भनाइमा सिन्हाको अगुवाईमा जनकपुर बजारबाट करिब १२ किलोमिटर उत्तरमा पर्ने रमदैया भवाडीमा साढे सात बिघा जमिन खरिद गरेर २० मंसिर ०५६ मा मेडिकल कलेजको नाममा पास गरियो । स्वास्थ्य मन्त्री यादवकै पहलमा मेडिकल कलेजको सम्वन्धन मिल्यो । मेडिकल कलेज स्थापना हुने खुशीमा स्थानीय किसानहरुले १५ हजार रुपैयाँ प्रतिकठ्ठामै जग्गा उपलब्ध गराएका थिए । कलेज स्थापना गर्दा भारतस्थित हैदरावादका डा. जनार्दन रेड्डीले ८४ लाख रुपैयाँ लगानी गरेका थिए भने सिन्हासहित टीका पौडेल, श्रीचन्द साहले करिब १० लाख रुपैया“ हालेका थिए । जग्गा पास गरेको सातापछि नै कलेजका तत्कालीन अध्यक्ष डा. सिन्हाले भवनलगायत पूर्वाधारको शिलान्यास गरे । तर, बिडम्वना ! कजेल भवन निमार्णले पूर्णता पाई नसक्दै किचलो सुरु भयो । जानकारका अनुसार किचलो सुरु हुनुमा कलेजका लागि खरिद गरिएको जग्गा, निमार्ण सामग्री इँटा, बालुवा, सिमेन्टलगायतमा बढी मुल्य देखाएर आफूमाथि झेल गर्न खोजेको सु“इको पाएपछि डा. रेड्डी थप लगानी गर्नुको साटो भाग्न वाध्य भएका थिए । रेड्डी भागेपछि सिन्हालगायतलाई चिठ्ठा त पर्यो । तर, थप लगानीकर्ता चाहिएको थियो । यही बेला ओपी पाण्डे एक करोड ७४ रुपैयाँ लगानीका साथ भित्रिए । बर्मेली मुलका पाण्डे मध्य तराईको जानकी मेडिकल कलेजको लगानीकर्ताका रुपमा भित्रनुमा पनि अर्को रमाइलो संयोग छ । पाण्डेले पञ्चायतकालीन नेता नवराज सुवेदीकी सालीकी छोरी अचर्नासँग घरजम जोडेका छन् । जसको माइती जनकपुर नै हो । त्यही साइनोमार्फत पाण्डे जानकी मेडिकल कलेजमा लगानी गर्न पुगेका थिए । पाण्डेले गरेको लगानीले मात्र मेडिकल कलेज सञ्चालनमा नआउने भयो । कलेज अध्यक्ष सिन्हा र उनी थप लगानी खोज्नतिर लागे । यसै मेसोमा सर्लाहीका कृष्णदेव यादवले त्यहीँको दशहरा कोअपरेटिभ लिमिटेडबाट ऋण मिलाई दिए भने यादव आफैंले पनि एक करोड हाराहारी लगानी गरेका थिए । यतिले मात्र उनीहरुलाई रकम अपुग भयो । जनकपुरमै बलराम ब्रर्दशका नाममा एलजीको सो रुम, हुण्डीको कारोबार गरिररहेका बलराम गुप्ताले पनि जानकी मेडिकल कलेजको भवन बनाउन रकम लगानी गरे भने कलेज सञ्चालनमा आवश्यक दुई वटा बस, टिभी, कम्प्युटरलगायत दिएर एक करोड सेयर पुर्याएका थिए । अवैध सुन र हुण्डी कारोबार संलग्न गुप्तालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागले पक्राउ गरिरहेको छ । गुप्ताले पछि उक्त सेयर जनकपुरकै कामेश्वर साह र सुरिता साहलाई एक करोड ८८ लाखमा बिक्री गरेका थिए । सुरिता साह ०६४ को पहिलो संविधान सभामा समानुपातिक सभासद समेत मनोनित भएकी थिइन । १२ भदौ ०६८ मा बाबुराम भट्टराई प्रधानमन्त्री बनेपछि उनको मन्त्रिपरिषद्मा जयप्रकाशप्रसाद गुप्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री भएका थिए । यो मन्त्रिपरिषद्मा सुरिता साहलाई गुप्ताले सूचना तथा सञ्चार प्रविधि राज्य मन्त्री बनाएका थिए । यसबेलासम्म कलेजले कृषि विकास बैंकबाट २२ करोड र प्रभु बैंकबाट ५० करोड जति ऋण समेत लिएको थियो । २०६० सालदेखि जानकी मेडिकल कलेजले एमबीबीएसको अध्यापन सुरु गर्यो । त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन पाएर ६० जना विद्यार्थीलाई भर्ना लिएर कलेजको पठनपाठन सुरु गरेको थियो । विद्यार्थीहरुलाई ‘प्राक्टिस’ गर्नका लागि रमदैयामा एक सय ५० र जनकपुर बजार नजिकै ब्रह्मपुरीमा करिब सात कठ्ठामा तीन सय ५६ बेडको सिटी शिक्षण अस्पताल सञ्चालनमा ल्याइएको थियो । जानकी मेडिकल कलेजका तत्कालीन कर्मचारी वरिष्ठ अधिकृत उमेश यादवका भनाइमा कलेज सञ्चालनमा आउ“दा फ्याकल्टी र प्रोफेसरहरु राम्रा थिए । कलेजमा अनुशासन, शिष्टता थियो । सुरुवातका केही वर्ष कलेज राम्रै गरी सञ्चालन पनि भयो । ‘तर, सञ्चालकहरुले व्यवस्थापकीय कौशलता देखाउन सकेनन । डाक्टर, कर्मचारीको तलब कहिल्यै समयमा दिएनन् । परिणाम, किचलोमा परिणत हुँदै गयो’, जानकी मेडिकल कलेज संर्घर्ष समितिका संयाजक समेत रहेका यादव भन्छन्, ‘सञ्चालकहरु छिट्टो मुनाफा कमाउन र जानकी मेडिकल कलेजबाट भएको आम्दानी निजी नाफाका लागि अन्यत्र लगानी गर्न सरिक भएपछि भद्रगोल सुरु भएको थियो ।’ जानकारका अनुसार किचलो बढ्दै गएपछि पाण्डेले कनक सुवेदी (पञ्चायती मन्त्री नवराज सुवेदीका छोरा) र समिर ढुङ्गेललाई ‘पार्टनर’ भित्र्याए । यसबेलासम्म विवाद उत्कर्षतिर पुगिसकेको थियो । यसपछि डा. सिन्हालाई हटाएर पाण्डे अध्यक्ष भए । सिन्हाका छोरा अनिलका नाममा समेत ठूलै सेयर थियो । जानकारका दाबीमा सिन्हास“ग कामेश्वरसुरिता दम्पतीले करिब पा“च करोडमा सेयर खरिद गरे । पाण्डे अध्यक्ष भए पनि किचलो अन्त्य भएन । उत्ता कलेजको पठनपाठन झन् झन् भद्रगोल हुँदै गयो । पुरानो व्यवस्थापनले कलेज सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेपछि ३० भदौ ०७३ मा प्रभृुु बैंकका अध्यक्ष देवी भट्टचनको अगुवाईमा हरिमान लामा लगायतले त्यसको स्वामित्व खरिद गरे । प्रभु बैंंकबाटै एक अर्ब १२ करोड रुपैयाँ ऋण लिएर लामाहरुको उक्त कलेज खरिद गरेका थिए । लामास“गै मदन उडारी, अशोक मोक्तान, जितेन्द्र स्याङ्तान, कामेश्वरसुरिता दम्पती, गणेश लामा, देवान राय, महावीर तामाङ, नीरब कार्की र ललनकुमार सिन्हाको समेत सेयर थियो । तर, यस समूहले पनि जानकी मेडिकल कलेज सञ्चालन गर्न सकेन । काभ्रेका लामाको नारायणहिटी राजदरवारको उत्तर ढोका छेउ एयर एसियाको टिकट बिक्री गर्ने काउन्टर थियो । उनले नयाँ विद्यार्थीको भर्नावापतको शुल्क र पुराना बा“की शुल्क उठाएर अन्यत्रै लगानी गरे । उनले कलेजको नाममा रहेको उधारो चुक्ता देखि कर्मचारीहरूको तलब भुक्तान केही पनि गरेनन । कलेजमा अध्ययन गरिरहेका विद्यार्थीको भविष्य डामाडोल बन्यो । पैसा र पहु“च हुनेहरुले शिक्षा मन्त्रालय, त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जलगायतमा अनेकन भनसुन लगाई जानकी मेडिकल कलेजबाट आफ्ना सन्तानलाई निकालेर चितवन, गण्डकीलगायत मेडिकल कलेजमा लगेर पढाईलाई निरन्तरता दिए । जानकी मेडिकल कलेजको अवस्था भद्रगोल भएपछि ०७१०७२ र ०७२०७३ को शैक्षिक सत्रका लागि त्रिभुवन विश्वविद्यालयले एमबिबिएस अध्ययनका लागि कोटा दिएन । लामा नेतृत्वको समूहले जानकी मेडिकल कलेज सञ्चाल गर्न नसकेपछि तत्कालीन एमाले निकट समूह प्रवेश गर्यो । यसबेला एमाले नेता झलनाथ खनाल÷माधवकुमार नेपाल निकट डिल्लीराम पौडेल जानकी मेडिकल कलेजका अध्यक्ष भए भने राजेश थापा महाप्रवन्धक बने । तर, उनीहरुले पनि कलेजलाई साविक अवस्थाबाट चलाउन सकेनन । यसपछि पुनः पाण्डेले नै जानकी मेडिकल कलेजको स्वामित्व खरिद गरे । जानकारका भनाइमा एक अर्ब ८५ करोडमा स्वामित्व खरिद गरेका उनी निकटस्थहरु बताउ“छन् । यसबेला जानकी मेडिकल कलेजमा पाण्डे बाहेक ललनकुमार सिन्हाको शून्य दशमलब शून्य, शून्य एक प्रतिशत सेयर छ । यस हिसावले ओपी पाण्डे जानकी मेडिकल कलेजका एकलौटी हर्ताकर्ता हुन् । तर, उनले कलेजलाई सुव्यवस्थित ढंगले सञ्चालन गर्ने कुरा कहिल्यै प्राथमिकतामा नराखेको जानकारहरु बताउ“छन् । यसबेला ओपी पुत्र श्री पाण्डे कलेजका महाप्रवन्धक छन् । नेपालवाचले पटक–पटक उनीस“ग सम्पर्क प्रयास गरेको थियो । तर, उनीस“ग सम्पर्क हुन सकेन । सुरुवाती चरणमा जानकी मेडिकल कलेजमा एमबिबिएस विद्यार्थीलाई पढाएका एक जना वरिष्ठ डाक्टरका अनुसार त्यहा“का सञ्चालकमा मेरो कलेजमा पढेका विद्यार्थीहरु मेधावी, दक्ष भएर निस्किउन भन्ने भावना कहिल्यै रहेन । ‘सञ्चालकहरुको नियत जहिल्यै विद्यार्थीहरु पढेर भन्दा चोरेर भएपनि पास भएर जाउन भन्ने छ’, उनी भन्छन्, ‘त्यसैले सुरुका एकदुई वर्ष बाहेक त्यो कलेज कहिल्यै गुणस्तरीय हुन सकेन । त्यो मेडिकल कलेजको उदेश्य विद्यार्थीलाई पढाएर दक्ष बनाउनु भन्दा चोराएर पास गराउनु हो ।’ याे पनि पढ्नुस् शंकाको घेरामा चिकित्सा शिक्षा आयोग !