NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

मनसुनी वायु सक्रिय, कस्तो छ आजको मौसम

आज मंगलबार मुलुकका धेरै स्थानमा वर्षा हुने भएको छ। यद्यपि, भारी वर्षा हट्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसारदेशभर मनसुनी वायुको प्रभाव रहेकाले बदली रहनेछ दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। राति देशका धेरै स्थानमा पानी पर्नेछ। प्रदेश १, २, बागमती र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ। महाशाखाका अनुसार बुधबार देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बिहीबार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

ताजा अपडेट

नेपालवाच विशेष