NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

आजदेखि उपत्यकाका जिल्ला प्रशासनका काम नियमित, नागरिकता बनाउन पनि पाइने

उपत्यकाका तीनवटै जिल्ला प्रशासनको सेवा नियमित भएको छ। यसअघि कोरोना भाइरस संक्रमणको जोखिम भन्दै सेवा खुम्च्याइएकामा १६ वैशाखबाट निषेधाज्ञा जारी भएसँगै अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको थियो। तर, मंगलबारबाट उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै सेवा नियमित भएको हो। अब नागरिकता, परिचयपत्र, राहदानी वितरण, सिफारिस लगायतका सेवा प्रवाह हुनेछन्। जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि विज्ञप्ति निकालेर सबै सरकारी एवं सार्वजनिक निकायलाई नियमित सेवा प्रवाहको व्यवस्था मिलाउन भनेको छ। ललितपुर महानगरका बासिन्दालेआइतबार, सोमवार र मंगलबार नागरिकता, प्रतिलिपि, नाबालिग परिचयपत्र, राहदानीका सेवा लिन पाउने छन्। तीन गाउँपालिकाका बासिन्दाले बुधवार, गोदावरी र महालक्ष्मीनगरवासीले बिहीवार र शुक्रवार सेवा लिन पाउने छन् । उत्यकामा सरकारी कार्यालय पनि आजबाट नियमित भएका छन् भने बैंक, वित्तीय संस्था, सहकारी, गैरसरकारी संस्थाहरूमा स्वास्थ्य मापदण्डसहित थोरै जनशक्ति र वैकल्पिक उपाय अवलम्बन गरी सञ्चालन गर्ने निर्णय भएको छ।