NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

आज बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना, शनिबारसम्मको मौसम पूर्वानुमान यस्तो छ

काठमाडाैं । बिहीबार मुलुकका धेरैजसो स्थानमा पानी पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुका कारण बिहीबार देशभर बदली रहनेछ। जसकारण प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यसमा पनि बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको आँकलन गरिएको छ। शुक्रबार प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनीमा वर्षा हुनेछ। प्रदेश १ र बागमतीमा भारी वर्षाको सम्भावना छ। महाशाखाका अनुसार शनिबार देशभर बदली रहनेछ। देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ। त्यसमा पनि प्रदेश १, २ र बागमती प्रदेश थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।