NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कोलम्बियाविरुद्ध ब्राजिलको कठिन जित

काठमाडौं । कोपा अमेरिका फुटबलमा ब्राजिलले कठिन जित निकालेको छ । खेलको १० औं मिनेटमा कोलम्बियासँग गोल खाएको ब्राजिल ७७ औं मिनेटसम्म पनि एक गोलले पछि परेको थियो । तर, ७८ औं मिनेटमा फिर्मिन्नोहोले गोल गर्दा ब्राजिलले बराबरी गोल फर्कायो । बराबरीपछि थप समयको १० औं मिनेटमा कासिमेरोले गाेल गर्दा ब्राजिलले अन्ततः २-१ गाेलकाे कठिन जित निकालेको हो ।  ब्राजिलले लगातार तीन खेल जित्दै ९ अंक जोडेको छ ।  बिहीबार सकिएको समूह बी कै खेलमा भेनेजुएला र इक्वेडरले २-२ गोलको बराबरी खेले । दुवै समूहमा पाँच पाँच टिम रहेकोमा शीर्ष चार टिम क्वारफाइनल प्रवेश गर्नेछन् । दुवै समूहका एक एक टोलीमाथि प्रतियोगिताबाट बाहिरिनेछन् ।