NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

प्रचण्डले भने, ‘ओली भिलेन देखिएपछि देशलाई सुधार गर्ने शक्तिहरु एक ठाउँमा उभियाैं’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले केपी शर्मा ओली नेपाली राजनीतिमा ‘भिलेन’को रुपमा देखिएको बताए । उनले राजनीतिक चरित्र र संविधान मिच्दै ओलीले भिलेन प्रवृत्ति देखाएको भन्दै आलोचना गरे ।  बिहीबार पत्रकारहरुसँग भएको विपक्षी गठबन्धनको अन्तरक्रियापछि आफ्नो धारणा राख्दै नेता प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको भिलेन प्रवृत्तिका कारण देशलाई सुधार गर्ने शक्तिहरु एकै ठाउँमा उभिएको बताए ।  अवसरका लागि विपक्षी गठबन्धनहरु आन्दोलनमा होमिभएको भन्ने आरोप आफूहरुमाथि लाग्ने गरेको भन्दै प्रचण्डले अवसरवादी नभएको दावी गरे ।  ‘यो गठबन्धन अवसरवादी होइन। उहाँले गर्दा देशलाई सकारात्मक दिशामा लैजान चाहने शक्ति एक ठाउँमा छन्। यसका लागि ओलीजीलाई धन्यबाद। उहाँ भिलेन हो भन्ने जनताले थाहा पाए,’ प्रचण्डले भने। उनले दलीय गठबन्धन बिना छलफल नबनेको भन्दै संविधान, लोकतन्त्र र देशको रक्षाका लागि गठबन्धन बनेको जिकिर गरे । ‘यो पाँच दलीय गठबन्धनविना छलफल बनेको होइन । यो संविधानको रक्षा गर्ने र समय अनुकूल परिमार्जन लैजाँदै जाने भन्ने हो । लोकतन्त्रको मौलिक विषय रक्षा गर्नुपर्छ । राष्ट्रियताको रक्षाको लागि हो। यो गठबन्धन प्रधानमन्त्री फेर्नको लागि मात्र सम्झौता होइन। यो लोकतन्त्र र संविधान रक्षाको लागि भएको हो।’ यस्तै उनले ओलीजस्तो माधकुमार नभएको नभएको पनि बताएका छन् । एमालेभित्रको संघर्ष अलिक पेचिलो भएको भन्दै उनले ओलीको जस्तो हठ नेपालमा नरहेको दावी पनि गरे ।