NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

सम्पादकहरुसँगको छलफलपछि फेरि विपक्षी ५ दलको बैठक बानेश्वरमा

काठमाडौं । पछिल्लो केही दिनयता प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध आक्रामक बनेका विपक्षी गठबन्धनको बैठक नियमित रुपमा बस्दै आएको छ । मंगलबार मात्रै प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध संयुक्तमा सशक्त भएर जाने निर्णय गरेका दलहरुको बैठक बुधबार पनि बसेको थियो । बुधबारको बैठकले संसद विघटनसहितका कदम असंवैधानिक रहेको भन्दै जनपरिचालन गर्ने निर्णय गरेको थियो । जनपरिचालन अघि बिहीबार काठमाडौंमा उनीहरुले वरिष्ठ पत्रका र सम्पादकहरुसँग छलफल गरेका छन् । लगत्तै बानेश्वरमा पाँच दलको बैठक पनि बस्यो ।  सम्पादकहरुसँगको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्षले एकतावद्ध भएर उभिन आग्रह गरेका थिए ।  साथै प्रचण्डले पनि प्रधानमन्त्रीकै एकपछि अर्काे असंवैधानिक कदमका विरूद्द  विपक्षीहरू जुट्नुपरेकाे बताएका थिए ।  छलफलका क्रममा एमाले नेता माधव नेपालले कोर्ष करेक्सन गरेर आए केपी ओलीलाई स्वागत गर्नुपर्ने बताएका थिए ।  ‘देशको हितको लागि, जनताको हितको लागि, समाजको परिवर्तनको लागि दृढताका साथ अगाडी बढिन्छ । यही उद्देश्यका लागि नै आन्दोलनमा जुटिएको हो । यो आन्दोलनबाट विचलित हुने कुरा आउँदैन । कसरी देशको स्वाधिनताको रक्षा गर्ने, देशको स्वाभिमानको रक्षा गर्ने, राष्ट्रिय हितको रक्षा गर्ने हाम्रो चिन्ता र सरोकार त्यहाँ छ । मानिस हुन्, कहिलेकाहीँ गल्ती हुन्छ । गल्तीलाई स्वीकार गरेर, फेरी कोर्ष करेक्शन गरेर आउनुहुन्छ भने केपी ओलीजीलाई स्वागत नै गर्नुपर्छ है शेरबहादुरजी ।’ नेपालले भनेका थिए ।  उनीहरुले सम्पादकहरुसँगको छलफलपछि जनपरिचालनका र विरोध कार्यक्रमका लागि थप रणनीति तय गर्न बैठक गरेका हुन् । सम्पादकसँगको छलफलपछि ५ दलको बैठकले आगामि रणनीति तय गर्ने तयारी गरेको छ ।  बैठकमा कांग्रेस, माअाेवादी, जसपा, एमालेकाे नेपाल समूह र जनमाेर्चाका शीर्ष नेताहरू सहभागी थिए ।   

ताजा अपडेट

नेपालवाच विशेष