NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

वीरेन्द्रनगरले ल्यायो १ अर्ब ५६ करोड ५२ लाखको बजेट 

सुर्खेत । कर्णाली प्रदेशको राजधानी  समेत रहेको  वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को १ अर्ब ५६ करोड ५२ लाखको बजेट ल्याएको छ । बिहीबार भएको नवौं नगरसभामा उपप्रमुख मोहनमाया ढकालले चालुतर्फ १ अर्ब १३ करोड १९ लाख र पूँजीगतर्फ ४३ करोड ३३ लाख रुपैयाँ विनियोजन गरेको बजेट प्रस्तुत गरेकि हुन् । नगरपालिको चालु आर्थिक वर्षको बजेट १ अर्ब ४२ करोड ९९ लाख ९१ हजार रुपैयाँ रहेको छ । नगरपालिकाले संघीय सरकारको वित्तीय हस्तान्तरणबाट २५ करोड २० लाख, प्रदेश सरकारको वित्तीय हस्तान्तरणबाट २ करोड ९३ लाख, संघीय राजश्व बाँडफाँडबाट १५ करोड १३ लाख र प्रदेश सरकारको राजश्व बाँडफाँडबाट २४ लाख रुपैयाँ प्राप्त हुने जनाएको छ । आगामी वर्षका लागि पूँजीगत बजेटमध्ये पूर्वाधार विकासका लागि नगरले १८ करोड २२ लाख ७२ हजार, सामाजिक विकासतर्फ १३ करोड २४ लाख, आर्थिक विकास क्षेत्रमा ४ करोड ८९ लाख, सेवा प्रवाह र सुशासन ६ करोड १८ लाख १६ हजार, वातावरण तथा विपद् व्यवस्थापन तर्फ २ करोड ५ लाख १३ हजार खर्च हुने अनुमान गरेको छ । त्यस्तै नगरपालिकाले कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोष तथा नगर अस्पताल सञ्चालनका लागि २ करोड, शिक्षा प्रवद्र्धनतर्फ २ करोड ५० लाख, नगर महत्वको योजना मुख्य बजार पुर्वाधार विकासमा २ करोड ६६ लाख, नगरपालिकाको प्रशासकिय भवन निर्माणमा १ करोड ५० लाख, महिला स्वरोजगार कार्यक्रमका लागि १ करोड रुपैयाँ विनियोजन गरेको छ ।