NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

ठिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाडौं । गोकर्णेश्वरमा टिपरको ठक्करले एक जना साइकल यात्रीको मृत्यु भएको छ। शुक्रबार बिहान पौने ६ बजे गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ जगडोलमा बा ४ ख ८२२९ नम्बरको टिपरले ठक्कर दिँदा २६ वर्षीय खुर्बु छिरिङ भोटे गम्भीर घाइते भएका थिए । संखुवासभा घर भई काठमाडौं महानगरपालिका वडा नम्बर ६ बस्दै आएका साइकल यात्री खर्बुलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेलमा लगिएको थियो । उपचारकै क्रममा साढे ६ बजे उनको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक सुरज खड्काले बताए । ओरालोतर्फ आइरहेको साइकलको ब्रेक नलाग्दा दुर्घटना भएजस्तो देखिने उनको भनाइ छ ।  प्रहरीले रामेछाप घर भई गोकर्णेश्वरको आरूबारी बस्ने ३२ वर्षीय चालक प्रदीप विकलाई नियन्त्रणमा लिएको छ ।