NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सर्वोच्चले पुर्नबहाली गरिदिएको एमालेका तीन सांसद पुनः निलम्बनमा

सुर्खेत । सर्वोच्च अदालतको अन्तरिम आदेशबाट पुर्नबाहली भएका कर्णालीका तीन जना प्रदेश सांसद फेरी निलम्बनमा परेका छन् ।  माओवादी नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने कर्णाली प्रदेशका चार जनामध्ये तीनजना फेरि निलम्बनमा परेका हुन् ।  नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलको निर्णय अनुसार प्रदेश सभा सचिवालयले अहिले प्रदेश सरकारको मन्त्रीपरिषदमा रहेका उनीहरुलाई निलम्बित गरेको हो । प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको वैठकको निर्णय गरे अनुसार भौतिक पुर्वाधार विकास मन्त्री अम्मरबहादुर थापा, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई निललम्वन गरिएको जनाएको छ । विज्ञप्तीमा नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको निर्णयको पालना नगरेकोले एक महिनाका लागि नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको संसदबाट निलम्वित गरिएको भनि प्रदेश सभा सचिवालय कर्णाली प्रदेशलाई जानकारी प्राप्त भएकोले सोही व्यहोरोको सूचना सम्वन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको जनाईएको छ । यसअघि पनि तीन मन्त्री सहित पूर्व मन्त्री प्रकाश ज्वालालाई सांसदबाट निलम्बन गर्दा सर्वोच्च अदालतको अन्तरिम आदेशले पुनर्बहाली गरिदिएको थियो । सरकारमा रहेका तीनजना एमाले मन्त्री फिर्ता नआएको भन्दै बजेटमाथिको छलफल गर्नुपर्ने बेला एमालेले प्रदेशसभाका बैठक अबरुद्ध गर्दे आएको छ ।