NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

डोजरको बकेटले हिर्काएर कसले गर्‍याे सर्लाहीमा वडा अध्यक्षको हत्या ? 

काठमाडौं । प्रदेश नम्बर २ को सर्लाहीमा डोजरको बकेटले हिर्काएर वडा अध्यक्षको हत्या गरिएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिकाको वडा नम्बर ३ का अध्यक्ष सूर्यकुमार श्रेष्ठको डोजरको बकेटले हानेर हत्या गरिएको हो । डोजरका चालकले सामान्य विवादमै बकेट प्रहार गरेर वडा अध्यक्षको हत्या गरेको जानकारी सर्लाही प्रहरीले दिएको छ । घटनालगत्तै प्रहरीले हत्या गर्ने चालकसहित दुई जनालाई पक्राउ गरेको छ ।  बकेटले प्रहार गर्ने चालक हर्षबहादुर तामाङ हुन् । वडा नम्बर ३ को भक्तिपुर भन्ने स्थानमा रहेको पोखरीको सौन्र्दयीकरण हेर्न गएका वडा अध्यक्षको यसरी हत्या भएको हो ।  काम भइरहेको बेला वडा अध्यक्ष र ठेकेदार सो स्थानमा पुगेका थिए । तर, उनीहरुबीच कामको सिलसिलामा सामान्य विवाद हुँदा डोजर चालकले बकेटले प्रहार गरी वडा अध्यक्ष श्रेष्ठको हत्या नै गरेका हुन् ।