NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

भारतीय राष्ट्रपतिको भ्रमणका कारण यातायात अवरुद्ध हुँदा एक महिलाको मृत्यु

भारतीय राष्ट्रपति रामनाथ कोविन्दको भ्रमणका क्रममा गरिएको यातायात अवरुद्धका कारण एक बिरामी महिलाले ज्यान गुमाउनु परेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार कोविन्द उत्तर प्रदेशको कानपुर भ्रमण निस्किएका थिए। भिभिआइपीको भ्रमणमा शुक्रबार राति लामो समयसम्म यातायात अवरुद्ध हुँदा उनको ज्यान गएको भारतीयि सञ्चारमाध्यमले उल्लेख गरेका छन्। यो घटना पश्चात उत्तर प्रदेश प्रहरीदे माफी माग्दै तीन सुरक्षाकर्मीलाई निलम्बन गरेको छ। मृतक महिला वन्दना मिश्रा इन्डियन एसोसिएसन अफ इन्डस्ट्रिज कानपुरकी महिला प्रमुख थिइन्। का नपुर प्रहरी प्रमुख कार्यालयले ट्विट गरेर ‘महामहिम राष्ट्रपतिजी वन्दना मिश्रको असामयिक निधनले दुःखी हुनुभएको छ। उहाँले प्रहरी प्रमुख र जिल्ला प्रमुखलाई बोलाएर जानकारी लिनुभएको छ । साथै शोक सन्तप्त परिवारसमक्ष सन्देश पठाउन भन्नु भएको छ। दुबै अधिकारी अन्त्येष्टिमा सहभागी भएर शोकाकुल परिवारसम्म महामहिमको सन्देश पठाएको छ ।’ प्रहरीका अनुसार सुरक्षा कारण यातायात आवश्यकभन्दा बढी समयसम्म रोकिएको थियो। राष्ट्रपति कोविन्द गएको शुक्रबार राजधानी दिल्लीबाट रेल चढेर उत्तर प्रदेशस्थित आफ्नो गाउँ पुगेका थिए।