NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

वेल्समाथि सानदार जितसहित डेनमार्क युरोकपको क्वाटर फाइनलमा

काठमाडौं । गएराति भएको खेलमा वेल्समाथि सानदार जितसहित डेनमार्क युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाली समय अनुसार शनिबार राति भएको खेलमा डेनमार्कले वेल्सलाई सहजै ४-० गोलले पराजित गरेको हो । डोलवर्गले २७ र ४८ औं मिनेटमा, माइलेले ८८ र ब्राथवाइटेले ९४ औं मिनेट गोल गर्दा डेनमार्क ४-० गोल सहज जित हात पार्दै अन्तिम ८ मा प्रवेश गरेको हो ।  शनिबार मध्यराति नै भएको खेलमा इटालीले अष्ट्रियामाथि कठिन २-१ को जित निकाल्यो । ९० मिनेटसम्म गोलरहित बराबरी भएपछि थप गरिएको ३० मिनेटमा इटालीले २-१ को जित निकालेको हो ।