NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

माइला लामाको गुनासो, ‘सरकारले अझै सहमति कार्यान्वयन गरेन’

काठमाडौं । नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य माइला लामाले राज्यपक्षले ३ बुँदे सहमतिलाई इमान्दारीपुर्वक कार्यान्वयन नगरेको बताएका छन् ।  गत फागुन २१ गते सरकारसँग भएको ३ बुँदे सहमतिप्रति आफ्नो पार्टी इमान्दार रही कार्यान्वयनको दिशामा गईरहेको भए पनि राज्यले आफ्नो भूमिकालाई इमान्दारीतापूर्वक ननिभाएको गुनासो उनले गरेका हुन् ।  उनले सहमति कार्यान्वयनमा सरकारले तदारुकता नदेखाउँदा पार्टी, कार्यकर्ता र नागरिकहरु दुखी भएको दाबी गरे । ३ बुँदे सहमति अनुसार जेलमा रहेका आफ्ना कार्यकर्ता रिहाई गर्ने काममा पनि ढिलासुस्ति भएको गुनासो उनले बताए । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति काठमाण्डौले आईतबार संघीय राजधानी काठमाडौंमा गरेको रक्तदान कार्यक्रममा संञ्चारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिदै उनले राज्य आफुले गरेको सहमति प्रति उत्तरदायी भई कार्यान्वयनमा इमान्दार बन्नुपर्ने तर्क गरे ।