NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

भारतको जुम्म एयरफोर्स इलाकामा पहिलोपटक ड्रोनमार्फत आक्रमण, सेनाका दुई जवान घाइते

काठमाडौं । जुम्मु एयरफोर्स स्टेशनको प्राविधिक क्षेत्रमा बम ब्लास्ट हुँदा एयरफोर्सका दुई जवान घाइते भएका छन् । पाँच मिनेटको फरकमा दुईवटा ब्लास्ट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  पहिलो ब्लास्ट परिसरको भवनको छतमा र दोस्रो त्यसको मुनितिर भएको थियो । विस्फोटका लागि दुई ड्रोनको प्रयोग गरिएको पाइएको छ । आक्रमणकारीबारे भने कुनै जानकारी पाइएको छैन ।  भारतीय सेनाले उक्त क्षेत्रमा राखिएका भारतीय सेनाका विमानमाथि लक्षित गरिएको आशंका व्यक्त गरेको छ । जुम्मु–कश्मिरका डीजीपी दिलबाग सिंहले उक्त विस्फोटलाई आतंकवादी हमला बताएका छन् । उनले प्रहरी र आइएफका साथै अन्य एजेन्सीले पनि जाँच गरिरहेको जानकारी दिएका छन् । भारतमा यो पहिलो घटना हो । जहाँ एयरफोर्सलाई लक्षित गरी ड्रोनमार्फत आक्रमण गरिएको  ।  दिलबाग सिंहका अनुसार जम्मु एयरफिल्मा भएका दुवै विस्फोटमा पेलोडका साथै ड्रोनमा प्रयोग हुने विस्फोटक पर्दा बरामद गरिएको छ । जम्मु प्रहरीले करिब ६ किलो आइइडी बराम गरेको छ । आइइडी लश्कर–ए–तबैयाको अपरेटिपद्वारा प्राप्त गरिएको थियो ।  एक संदिग्धलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइइडीका साथमा पक्राउ परेका संदिग्धमाथि प्रहरीले अनुसन्धान गरिरहेको सिंहले जानकारी दिए । एजेन्सी  

ताजा अपडेट

नेपालवाच विशेष