NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

बाढीपछिकाे सकस : सडक र पुल नबन्दासम्म मेलम्ची आयोजनामा मर्मत गर्न नसकिने

मेलम्चीबाट हेलम्बुसम्मको सडक र पुल बाढीका कारण बगाउँदा मेलम्ची खानेपानी आयोजनामा भएको क्षतिको मर्मत गर्न नसकिने भएको छ । सो स्थानमा पहिले सडक सञ्चालन भएपछि नै उपकरण लगेर मर्मत गर्न सकिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। आयोजनाका विभिन्न पूर्वाधारमा क्षति पुगेको अनुमान गरिए पनि त्यसको मर्मतका लागि उपकरण पु¥याउन नसकिने अवस्था छ । ठाउँठाउँमा गरी आयोजना निर्माणस्थल प्रदेशमार्गमा पाँच(छ किमी सडक क्षतिग्रस्त भएको अनुमान गरिएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनले भने, “सङ्घीय सरकार र स्थानीय सरकार मिलेर सडक चाँडो मर्मत गर्न आवश्यक छ ।”   बाढीकै कारण त्यस क्षेत्रमा पाँच पुल बगाएको छ । हेडवर्कमा भएको तीन र मेलम्ची नदीमा दुई पुल बाढीका कारण क्षतिग्रस्त बनेको सूचना अधिकारी पन्तले बताए । क्षति भएकामध्ये दुई कङ्क्रिटको पुल र तीन बेलिब्रिज रहेको छ । फेरि पनि पक्की पुल बनाउन प्रक्रियामा जाँदा दुई(तीन वर्ष लाग्ने भएकाले यसको तत्काल समाधान खोज्न लागिएको उनले बताए । सडक विभाग र नेपाली सेनासँग प्रकोपमा प्रयोग गर्न तयारी अवस्थामा बेलिब्रिज राखिएको हुन्छ । उनले भने, “त्यसको प्रयोग गरेर पनि चाँडो हेलम्बुसम्म सडक खुलाउन खानेपानी मन्त्रालयले समन्वय गरिरहेको छ ।”  कति छिटो सडक मर्मत गरेर उपकरण लैजान सकिन्छ आयोजनामा पुगेको क्षतिको मर्मत उति चाँडो गर्न सकिने देखिएको छ । सडक एकातर्फबाट खुलाउँदा पनि निर्माणस्थलसम्म पुग्न सकिने सूचना अधिकारी पन्तले बताए । विभिन्न स्थानमा सडक पूरै भासिएको छ । गोरखापत्र दैनिकमा खबर छ।