NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

प्रदेश हरित अभियान सुरु, साढे १४ लाख विरुवा रोपिँदै 

जनकपुरधाम । प्रदेश २ ले ‘प्रदेश  हरित अभियान–२०७८’ को आजदेखि सुरुवात गरेको छ । डिभिजन वन कार्यालय धनुषाले मिथिला नगरपालिका–४ पुष्पलपुरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले बर पीपलको रुख रोप्दै अभियानको शुभारम्भ गरेका छन् । मुख्यमन्त्री राउतले अभियानको शुभारम्भ गरेसँगै प्रदेश २ को आठ वटै जिल्लामा एक साथ वृक्षारोपणको सुरुवात गरिएको छ।  राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर ७ दिवसीय अभियान अन्तर्गत प्रदेश २ का आठवटै जिल्लाको कुल ११ सय ३५ हेक्टर जग्गामा १४ लाख ४६ हजार ७ सय ९६ विरुवा रोप्ने कार्यक्रम रहेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. राम चन्द्र कंडेलले जनाए ।  अभियान अन्तर्गत आठवटै जिल्लामा प्रदेश सरकारका मन्त्री एवं राज्यमन्त्रीहरु पुगेका छन् । अभियानको क्रममा सप्तरीमा सामाजिक विकास मन्त्री नवल किशोर साह, सिरहामा आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादव, महोत्तरीमा आन्तरिक मामिला तथा संचार राज्यमन्त्री सरोज सिंह कुशवाहाले वृक्षाराेपण गरेका छन् । यस्तै सर्लाहीमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश राय, महिला बाललबालिका तथा खेलकुद मन्त्री विरेन्द्रकुमार सिंह, रौतहटमा भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, बारामा अर्थराज्यमन्त्री उषाकुमारी यादव, पर्सामा उर्जा तथा खानेपानी मन्त्री ओम प्रकाश शर्माले वृक्षारोपण गरेका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष