NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

प्रेमिकाले दारी नकाटेसम्म बिहे नगर्ने अडान लिएपछि…

काठमाडौं । मानिसहरुको डिमान्ड पनि अचम्म लाग्दा हुन्छन् । कहिलेकाँही त पत्याउनै नसकिने डिमान्डका कारण पनि कैयौंको सम्बन्ध टुटेको देख्न पाइन्छ ।  यस्तै बेलायतमा एक अस्तै अचम्मित पार्ने घटना भएको छ । यहाँकी एक युवतिले आफ्ना प्रेमिसँग आश्चर्य लाग्ने शर्त राखेकी छन् । उनले आफ्ना प्रेमिलाई दारी नकाटेसम्म बिहे गर्ने अडान लिएकी हुन् । यो शर्तलाई लिएर प्रेमी निकै तनावमा परेका छन् । किनकी उनलाई आफ्नो दारीसहितको लुक्स निकै राम्रो लाग्छ ।  द सनमा छापिएको एक रिपोर्ट अनुसार युवतीले आफ्नो नाम गोप्य राख्दै शेयर गरिएको ब्लगमा प्रेमीसँग राखेको शर्तबारे उल्लेख गरेकी छन् । उनले ब्लगमार्फत आफनो प्रेमीलाई सुझाव दिन पनि माग गरेकी छन् ।  तीन वर्षदेखि आफूहरु प्रेममा रहेको र एक अर्कालाई निकै प्रेम गर्ने पनि उनले बताएकी छन् । लकडाउनका बेला प्रेमीले दारी बढाएको र त्यसबेला आफूले केही नभनेको युवतीले बताएकी छन् । तर, अहिले दारी काट्न अनुरोध गर्दा प्रेमीले नमानिरहेको गुनासो पोखेकी छन् । दारी काट्न अनुरोध गरेपछि केटाले मानेनन् । यही कुरालाई लिएर दुई जनाबीच विवाद उत्पन्न भयो र अहिले बोलचाल नै बन्दसम्मको स्थितिमा पुगेको ब्लगमा उल्लेख गरेकी छन् । दारी काट्ने अनुरोध भन्दा पनि दुई जनाबीच भएको कुराकानी सामाजिक सञ्जालमा राखेपछि प्रेमिकासँग युवक झनै रिसाएका छन् । युवतीले यो अवस्थाबाट माथि उस्किन र प्रेमीसँगै बस्नका लागि के गर्नुपर्छ भनेर सुझाव मागेकी हुन् ।  युवतीले आफ्नो प्रेमीप्रति पूर्ण अधिकार भएकाले रिसाउन नहुने बताएकी छन् । उनले भनेकी छन्, ‘म उसको पत्नी बन्दैछु, यति कुरामा उनले रिसाउन सुहाउँदैन । यति त भन्ने मेरो अधिकार छ नि । मलाई उनको दारीसँग कुनै समस्या छैन । तर, बिहेको दिन मात्रै भए पनि दारी काट्न अनुरोध गरेकी हुँ ।’