NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

सुजाताले पौडेल र सिटौलालाई भनिन्, की तपाईंहरु मिल्नुस् नभए मलाई सभापतिमा सहयोग गर्नुस्

काठमाडौं । कांग्रेसमा नेताहरुलाई १४ औं महाधिवशेन लागेको छ । महाधिवेशन नजिकिंदै जाँदा नेताहरुबीच भेटघाट पनि बाक्लिंदै गएका छन् । यसबीचे कांग्रेस नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र सुजाता कोइरालाबीच भेट भएको छ । सुजाताको मण्डिखाटारस्थित निवासमा तीन नेताबीच भेट भएको हो । भेटमा नेतृ कोइरालाले मिलेर अघि बढ्न नेताद्वयलाई सुझाएकी थिइन् ।  ‘१४ औं महाधिवेशनमा सकेसम्म तपाईंहरु मिलेरै अघि बढ्नुस् । मिलेर नै सभापतिमा एकजना अघि बढ्नुस्’ भेटमा कोइरालाले भनिन्, ‘होइन तपाईंहरु मिल्नु हुँदैन भने सभापतिमा म अघि बढ्छु । पहिलो महिला सभापति बनाउन मलाई सबैले सहयोग गर्नुस् ।’ १३ औं महाधिवेशन अघि सिटौला कोइराला क्याम्पमा नै थिए । तर, १३ औं महाधिवेशनको मुखमा सुशील कोइरालाको निधन भएपछि उनले कोइराला क्याम्प छोडेका थिए  । १३ औं महाधिवेशनमा सभापतिमा उठेका सिटौलाकै कारण रामचन्द्र पौडेल सभापतिमा शेरबहादुर देउवासँग पराजित भएका थिए । त्यसैले यसपटक पूर्व संस्थापनलाई एक ठाउँमा उभिएर देउवालाई पराजित गर्न दबाब छ ।