NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

युरोको अर्को नाटकीय ८ गोल भएको खेलबाट स्पेन क्वाटरफाइनलमा

काठमाडौं । नकआउट चरणमा एकै खेलमा नाटकीय ८ गोल भएकाे खेलबाट स्पेन युरोकपको क्वाटरफाइनलमा पुगेको छ । गएराति भएको खेलमा क्रोएसियालाई ५-३ गोलले पराजित गर्दै स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको हो । २० औं मिनेटमा स्पेनकै पेड्रीले आत्मघाती गोल गर्दा क्रोएसियाले अग्रता बनायो । तर, खेलको ३८ औं मिनेटमा स्पेनका लागि सारावियाले, ५७ औं मिनेटमा सेजारले, ७६ औं मिनेटमा टोरेसले गोल गर्दा स्पेन ३-१ ले अघि रह्यो । तर, क्रोएसियाले उत्कृष्ट कमब्याक गर्दै ८५ औं मिनेटमा ओरिसिच र ९२ औं मिनेटमा पासालिकले गोल गर्दा खेलमा नाटकीय ३-३  गाेलकाे बराबरी भयो । त्यसपछिको थप ३० मिनेटकाे एक सयौं मिनेटमा मोराटा र १०३ औं मिनेटमा वैरजावालले गोल गर्दा स्पेन ५-३ गोलले अघि रहँदै क्वाटरफाइनलमा प्रवेश गर्यो ।