NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

आजदेखि उपत्यकामा निषेधाज्ञा खुकुलाे, सार्वजनिक यातायातमा पनि जाेरबिजाेर 

काठमाडाैं । काठमाडाैं उपत्यकामा निषेधाज्ञा एक साता लम्बिएकाे छ। १६ वैशाखबाट लागू निषेधाज्ञा पछिल्लाे पटक खुकुलाे बनाइएकाे थियाे। आज मंगलबारबाट थप खुकुलाे बनाएर सार्वजनिक यातायात पनि जाेरबिजाेर प्रणालीमा सञ्चालनमा ल्याइएकाे हाे। उपत्यकामा २५ सिट क्षमताका सार्वजनिक सवारीसाधन जोरबिजोर प्रणालीमा सञ्चालनमा आएका हुन्। सार्वजनिक सवारीसाधन सञ्‍चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै भौतिक दूरी कायम हुने गरी कुल स्वीकृत सिट क्षमताभन्दा बढी संख्यामा यात्रु नराख्नेगरी बस्ने व्यवस्था मिलाउनुपर्नेछ । चालक, सहचालक तथा यात्रुले अनिवार्य रूपमा मास्क लगाउनुपर्नेछ । सवारीसाधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गरिएको हुनुपर्नेछ । सहचालकले पन्जा लगाउनुपर्नेछ। सवारीसाधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्र सञ्‍चालन गर्न पाइनेछ। सवारीसाधन अनिवार्य रूपमा दैनिक निसंक्रमित गर्नुपर्नेछ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको साेमबारकाे बैठककाे निर्णय अनुसार असार २१ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएकाे हाे ।  पछिल्लोपटक थपिएको निषेधाज्ञाको अवधि सोमबार राति १२ बजे सकिएको थियो । निजी सवारीसाधनमा यसअघि नै जाेरबिजाेर प्रणाली लागू भइसकेकाे छ भने पसल व्यवसाय बार अनुसार सञ्चालनमा छन् ।