NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

सडक खन्दै गरेको स्काभेटरमाथि पहिराे खस्यो, चालकको मृत्यु

सुर्खेत । हुम्लामा सडक खनिरहेको स्काभेटर पहिरोले पुर्दा चालकको मृत्यु भएको छ । जिल्लाको अदानचुली गाउँपालिका–५ को सेरामा सडक खन्ने क्रममा स्काभेटर पुरिँदा बर्दियाका २६ वर्षीय सन्तोष थारूको मृत्यु भएको हो । सडक खनिरहेको बेला माथिबाट आएको माटोको ढिस्कोले स्काभेटर पुरिएर चालक थारूको मृत्यु भएको स्थानीय बलबहादुर शाहीले जानकारी दिए । स्थानीय र प्रहरी मिलेर शव निकालिएको जनाइएको छ । सोमबार बेलुका ६ बजेतिर सडक खन्ने क्रममा माटोले स्काभेटर पुरिएको हो ।  स्काभेटरमासँगै रहेका सहयोगीले भने हाम फालेर ज्यान बचाएको जिल्ला  प्रहरी कार्यालय हुम्लाका डिएसपी हेरम्ब शर्माले जानकारी दिए । घटनास्थल हुम्ला सदरमुकाम सिमकोटबाट दुइ दिन टाढा रहेको प्रहरीले जनाएको छ ।