NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

शुक्रबार केन्द्रीय सदस्यहरूकाे भेला बोलाउने प्रकाशमान निवास बैठकको निर्णय 

काठमाडौं । आशन्न महाधिवेशनमा सभापतिका लागि दाबेदार रहेका कांग्रेसका तीन शीर्ष नेताले महाधिवेशनलाई केन्द्रित गर्दै केन्द्रीय सदस्यहरुको बैठक बोलाउने निर्णय गरेका छन् ।  मंगलबार बिहान पूर्व महामन्त्री प्रकाशमान सिंह निवासमा बसेको बैठकले महाधिवेशन तयारी बारे केन्द्रीय समितिका सदस्यहरुको बैठक बोलाउने निर्णय गरेको हो ।  सिंह निवासमा उनीसहित उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा. शशांक कोइराला बैठकमा बसेका थिए । उनीहरुबीचको यो तेस्रो बैठक हो । यसअघि निधि र कोइराला निवासमा बसिसकेका छन् ।  महाधिवेशनमा केन्द्रित हुँदै शुक्रबार कोइराला निवास टोखामा केन्द्रस्य सदस्यहरुको भेला बोलाउने निर्णय भएको पूर्व महामन्त्री सिंहले जानकारी दिए ।  नेताहरू रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग पनि छुट्टै छलफल गर्ने निष्कर्षका साथ नेताहरू उठेका छन् । साथै १३ औं महाधिवेशनमा नेतृत्वका आकांक्षीहरूसँग पनि छलफल थाल्ने बताइएको छ । यस्तै सभापति शेरबहादुर देउवाले पुनः नेतृत्वमा दावी गरेपछि दोस्रो तहका नेताहरु फरक धारबाट नेतृत्वमा जाने तयारीमा जुटेका हुन् ।