NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कृषि विकास बैंकले जारी गर्यो क्रेडिट कार्ड 

काठमाडौं । कृषि विकास बैंकले क्रेडिट कार्ड जारी गरेको छ ।  आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवाको पहुँच पुर्‍याउन, बजारको माग तथा ग्राहकको आवश्यकता अनुसार आधुनिक वस्तु तथा सेवाहरु उपलव्ध गराउनका लागि बैशाखबाट क्रेडिट कार्डको सुरुवात गरिएको हो ।  हालसम्म बैंकले ७८ वटा कार्डहरु जारी गरिसकेको बैंकले जनाएको छ । नेपालका सरकारीस्तरका बैंकहरुमा यो सेवा प्रदान गर्ने पहिलो बैंक भएको छ ।  कार्यालयको कार्यक्षेत्रभित्र बसोबास गरी दिगो आयश्रोत भएका विश्वासिला नागरिक र बैंकमा कर्मचारीहरुले यो सेवा प्रयोग गर्नसक्ने बताइएको छ ।  बैंककले जारी गरेको क्रेडिट कार्डको सीमा न्यूनतम २५, हजारदेखि अधिकतम १० लाखसम्म कायम गरिएको छ ।  त्यसैगरी EMV Compliance, Contactless Payment Features, नेपाल र भारतमा चल्ने, POS Terminal मार्फत विभिन्न वस्तु तथा सेवा खरिदको भुक्तानी गर्नसक्ने लगायतका विशेषका रहेका छन् ।