NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

रूपा सुनारविरूद्ध गलत समाचार लेख्ने ६ अनलाईनलाई बन्द गराउन काउन्सिलको पत्र 

काठमाडौं । प्रेस काउन्सिल नेपालले रूपा सुनारविरूद्ध गलत समाचार लेख्ने ६ वटा अनलाइन बन्द गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ । काउन्सिलले मंगलबार नेपालभित्र उक्त अनलाइन प्रकाशनरप्रशारण हुन नसक्ने गरी प्रबन्ध मिलाउन भन्दै पत्राचार गरेको हो । काउन्सिलले खबरमाला, कालापानीपोष्ट, मिडियाट्वान्टीपोष्ट, ग्यालेक्सी सेभेन एक्सप्रेस, आजको नयाँ, साँझा मिडिया डटकमलाई बन्द गराउन भनेको छ । आफूविरूद्ध अफवाह फैलाएको भन्दै सुनारले काउन्सिलमा ९ मिडियाविरूद्ध उजुरी दिएकी थिइन् । सो उजुरी आइतबार दर्ता भएको थियो । ती अनलाइनले अफवाह फैलाइ जातजाति, धर्म वा सम्प्रदायबीचको सु-सम्बन्धमा खलल पुर्‍याउने र जातीय छुवाछुत एवम् लैंगिक भेदभावलाई दुरूत्साहन गरेको निवदनमा उल्लेख थियो । जातीय दुर्व्यवहारको विरोध गर्दा युरोपियन युनियनबाट उचालिएको, पैसा खाएकोलगायत भ्रामक सूचनासहित अफवाह फैलाइएको सुनारले उल्लेख गरेकी थिइन् ।