NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

बागमती प्रदेशसभाको बैठक असार १७ गते बस्ने

मकवानपुर । बागमती प्रदेशसभाको आगामी बैठक यही असार १७ गते दिउँसो ३ बजे बस्ने भएको छ । उक्त बैठकमा प्रदेश सरकारद्वारा असार १ गते प्रस्तुत आगामी आर्थिक वर्ष २०७८/०७९ को विनियोजित बजेट, राजश्व र आय व्यय माथि  छलफल हुने बताइएको  छ ।  प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको उक्त बैठक बारे जानकारी दिएका हुन् । उनले बुधबार विहान ११ वजे कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बस्ने बताए । प्रदेशसभाको यही असार २ गते बसेको बैठकमा प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले राजश्व सङ्कलन, आय व्यायको प्रस्ताव छलफलको लागि टेबुल गरेका थिए ।