NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय क्षेत्रमा हुलाकका चिठ्ठीपत्र लैजाने

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्र ओसार प्रसार गर्ने भएको छ । उक्त सेवा सञ्चालन बारेमा निगम र हुलाक सेवा विभागबीच मंगलबार सम्झौतामा हस्ताक्षर भएको निगमले विज्ञप्ति मार्फत जनाएको छ ।  सम्झौतामा विभागका तर्फबाट महानिर्देशक आभा श्रेष्ठ कर्ण र निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् । सन् २०२१ जुलाई १ देखी लागू हुने उक्त सम्झौता अन्तर्गत विभागले सेवा प्रदान गर्ने र निगमका उडान हुने सम्पूर्ण गन्तव्यमा अब निगम मार्फत मात्र सामान तथा चिठ्ठीपत्र ढुवानी हुनेछन् । यसअघि विभागले विभिन्न विदेशी हवाई कम्पनी मार्फत उक्त काम गराइरहेको थियो । यो सेवाबाट विदेशी हवाई सेवा कम्पनीलाई भुक्तानी भइरहेको करोडौं रुपैया देश भित्रै रही विदेशी मुद्रा सञ्चितीमा सहयोग पुग्ने विश्वास लिइएको छ ।  निगमले विभिन्न सात देशका ९ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । हाल दुई वाइड बडी र दुई न्योरोबडी जहाज मार्फत उडान भइरहेको छ ।