NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

धनुषा र सिरहामा यसरी मनाइयाे धान दिवस [फोटो फिचर]

जनकपुरधाम  राष्ट्रिय धान दिवस प्रदेश २ का जिल्लामा पनि रोपाई गरी मनाएको छ । प्रदेश २ को अस्थायी राजधानी रहेको धनुषा जिल्लामा ‘धान उत्पादनमा वृद्वि, खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्वि’ नारा सहित राष्ट्रिय धानवाली कार्यक्रम हर्दिनाथ बनिनियाँमा रोपाई कार्यक्रम गरिएको छ । प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले धानको ब्याड सहितको रोपाई गर्ने मेसिन चलाएर रोपाई गरेका छन् । रोपाई कार्यक्रममा सहभागी कृषि मन्त्री साहले प्रदेश सरकारले छिट्टै धानको न्युनतम मुल्य तोकेर कृषकको धान खरिद गर्ने बताएका छन् । प्रदेशको मुख्यवाली नै धानवाली भएको भन्दै मन्त्री साहले कृषक लक्षित कार्यक्रमहरु गर्न नसक्दा विदेशबाट चामल आयात गर्नु परेको बताए । प्रदेश २ सरकारसँग मल ल्याएर वितरण गर्ने अधिकार नभएको भन्दै उनले प्रदेश सरकारले आवश्यक योजना बनाएर कार्यान्वयनमा जाने बताए । सिरहामा धानको माला लगाएर रोपाई सिरहा जिल्लामा पनि १८औं राष्ट्रिय रोपाई दिवस मनाएको छ । रोपाई दिवसमा सहभागी सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेंल, जिल्ला समन्वय समितिका सभापति रामचन्द्र ठाकुर लगायतले रोपाई गर्न तयार गरिएको धान बालाको माला लगाएका थिए ।  कृषि ज्ञान केन्द्र सिरहाको आयोजनामा सिरहा नगरपालिका १९ सन्हैठामा आयोजना गरिएको रोपाई दिवसको रौनकता नै रोपाई भन्दा माला लगाउनु देखिएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष