NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

जर्मनीमाथि सानदार जितसहित इङल्याण्ड क्वाटरफाइनलमा

जर्मनीमाथि २–० गोलको सानदार जितसहित इङल्याण्ड युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।  लण्डनको वेम्बली स्टेडियममा भएको खेलमा बलियो जर्मनीलाई हराउन इङल्याण्डका लागि रहिम स्ट्रलिङले ७५ औं र ह्यारी केनले ८६ औं मिनेटमा गोल गरे ।  पहिलो गोल खाएपछि जर्मनीका थोमस मुलर वान भर्सेस वानको अवस्थामा गोल गर्न चुके ।  अब इङल्याण्डले स्वीडेन युक्रेनको विजेतासँग क्वाटरफाइनलमा खेल्नेछ ।