NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

युरोबाट एकपछि अर्को गर्दै बाहिरिए बलिया टिम : अब को-को भिड्दैछन् क्वाटरफाइनलमा ?

काठमाडौं । युरोकपमा क्वाटरफाइनलमा पुग्ने आठवटै टोलीको टुंगो लागेको छ । युरोमा अब आगामि शुक्रबार स्पेन र स्वीटजरल्याण्ड, शनिबार इटाली र बेल्जियम, चेक रिपब्लिक र डेनमार्क र आइतबार इङल्याण्ड र युक्रेन भिड्नेछन् ।  गएराति इङल्याण्डले जर्मनीलाई २-० गोलको सहज नतिजाले जित्दै क्वाटरफाइनल प्रवेश गरेको थियो । युक्रेनले स्वीडेनलाई २-१ गोलले पराजित गरी क्वाटरफाइनल प्रवेश गरेको थियो ।  युराेकाे गत विजेता पाेर्चुगल, उपविजेता फ्रान्स, जर्मनी जस्ता बलिया  टिम अन्तिम १६ बाट अघि बढ्न नसकेका हुन् ।  यी तीनवटै टिम 'ग्रुप अफ डेथ'का टाेली हुन् ।  बलियाे मानिएका समूहबाट अन्तत: तीनवटै टिम क्वाटरफाइनल पनि पुग्न सकेनन् ।  समूह चरणमा बलियाे देखिएकाे नेदरल्याण्डस पनि अन्तिम १६ बाट अघि बढ्न सकेन ।