NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

मन्त्रीको असार १५ ज्येष्ठ नागरिकसँग

काठमाडौं । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले असार १५ ज्येष्ठ नागरिकसँग मनाएका छन् । सुर्खेत वीरेन्द्रनगरमा रहेको प्रशान्ति वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकसँग मन्त्री बुढाक्षेत्रीले असार १५ मनाएका हुन् । उनले आश्रममा रहेका २४ ज्येष्ठ नागरिकसँग दही, चिउरा खानुका साथै उनीहरुलाई फलफूल वितरण गरेका थिए । मन्त्री बुढाक्षेत्रीले नागरिकलाई सम्मानपूर्वक जीवनयापनको वातावरण बनाउने दायित्व सबैमा हुनुपर्नेमा जोड दिए ।  “मानव जीवनमा सबैले एकपटक बूढो हुनैपर्छ, यद्यपि बूढो अवस्थामा घरबाट निकाला गर्ने प्रथाले कतिपय ज्येष्ठ नागरिकले दुःख पाउनुपरेको छ”, उनले भने,  “यस्तो अवस्थाको अन्त्य गर्ने दायित्व राज्यका सबै नागरिकको हो ।” उनले दुःखमा परेकालाई प्रशान्तिले आश्रय दिई पालनपोषण गरेको जनाउँदै खुशी व्यक्त गरे ।  वृद्धाश्रमले असहाय र आफ्नैबाट हेपिएका ज्येष्ठ नागरिक राखेर पुण्यको काम गरेको भन्दै उक्त आश्रमलाई मन्त्रालयले आवश्यक सहयोग गर्ने मन्त्री बुढाक्षेत्रीको भनाइ थियो । नेपालका विभिन्न जिल्लाबाट आश्रय लिइरहे पनि भवन र संस्था व्यवस्थापनका लागि आर्थिक अभाव भएको संस्थाका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिए ।