NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

माओवादीबाट गएका बादललाई एमालेमा संकट, अब के गर्लान् ?  

काठमाडाैं । माओवादीबाट एमाले पुगेका पूर्व माओवादीका नेताहरुलाई  बाधा र संकट परेको छ । पुस ५ पछि एमाले बनेका रामबहादुर थापा (बादल) हरु एमाले नै हुन् कि हैनन् भनेर वैधानिकता खोजियो, कोही रिट लिएर अदालत गयो र अदालतले विधानका धारा, दफा केलाउँदै फैसला ग¥यो भने के होला ? एमालेको विधानले त प्रष्टै भन्छ, बादलहरु एमाले भैसकेका छैनन् ।  कसरी भने, ०७५ जेठ २ गतेसम्मको नेकपा एमाले केन्द्रीय कमिटीमा २ सय ३ जना सदस्य थिए । धारा ६५ को उपधारा ५ र ६ अनुसार पदाधिकारी थप्दा राष्ट्रिय प्रतिनिधि परिषद्को अनुमोदन चाहिन्छ ।  पदाधिकारीको हकमा सम्बन्धित कमिटीले पहिला कार्यवाहक बनाउने र सम्बन्धित तहको प्रतिनिधि परिषद्ले उक्त पदमा निर्वाचित गर्ने हो । तर, बादलहरु यी कुनै पनि प्रक्रियाभित्र एमालेको कमिटीमा अहिलेसम्म छिरिसकेका छैनन् । त्यसैले उनीहरुका विरुद्ध कोही अदालत गयो भने मन्त्रीजसरी नै पार्टीको पद पनि जानेछ । किनभने, २ सय ३ सदस्यीय केन्द्रीय कमिटीको दुई तिहाई भनेको १ सय ३२ जना हो । फागुन २३ मा एमाले व्युँतिएपछि २८ गते बसेको बैठकमा साविक एमालेका दुई तिहाई केन्द्रीय सदस्यको उपस्थिति थिएन । एमाले प्रवेश गरेपछि माओवादीले बादलसहित नेतालाई कारवाही गरेको थियो । सांसद र मन्त्री पद गएपछि बादल राष्ट्रिय सभाको निर्वाचनमा पनि पराजित भएका थिए । जनआस्था साप्ताहिकमा खबर छ ।