NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

रुपा सुनार घटनामा शिक्षा मन्त्रीलाई स्पष्टिकरण: श्रेष्ठको जवाफ, ‘गल्ती महशुस भएको छ’ 

काठमाडाैं । मानव अधिकार आयोगले शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठसँग रुपा सुनार प्रकरणमा स्पष्टिकरण सोधेको छ । मंगलबार कार्यालयमै डाकेर आयोगले उक्त घटनामा श्रेष्ठसँग स्पष्टिकरण लिएको हो ।  आयुक्त सूर्य ढुङ्गेलका अनुसार रूपा सुनारको घटनामा मुख्य आरोपीलाई छुटाएर लैजाने कार्य मानवअधिरसँग सम्बन्धित भएकाले स्पष्टिकरण सोधिएको हो ।  आयुक्तसँगको भेटमा मन्त्री श्रेष्ठले गल्ती गरेको महशुस गरे पनि स्पष्ट रुपमा माफी भने नमागेको बताइएको छ ।  तनहुँकी रुपा सुनारले थरकै आधारमा आफूलाई काठमाडौंको बबरमहलमा घरबेटीले कोठा नदिएको भन्दै सरस्वती प्रधान विरुद्ध उजुरी दिएकी थिइन् । लगत्तै प्रधान पक्राउ परेकी थिइन् । जवाफमा मन्त्री श्रेष्ठले आफूलाई गल्ती महशुस भएको बताएका छन् । पदाधिकारीहरुकसँगको छलफलमा उनले आफूलाई उक्त घटनाप्रति गल्ती महशुस भएको र आइन्दा यस्तो गल्ती नगर्ने प्रतिबद्धता जनाएका छन् ।  जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरबेटीलाई मन्त्रीको झण्डावाल गाडीमा राखेर लगेपछि मन्त्री श्रेष्ठ विवादमा तानिएका थिए । आयोगले सो प्रकरणमा मन्त्री श्रेष्ठलाई मंगलबार आयोगको कार्यालयमा बोलाएर छलफल गरेको थियो । सरकारी वकिलको कार्यालयले जातिय विभेदको प्रमाण नपुग्दै भन्दै प्रधानलाई थुना मुक्त गर्न प्रहरीलाई आदेश दिएको थियो । प्रहरीबाट प्रधानलाई छुटाउन असार ९ गते शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ झण्डा सहितको गाडी लिएर अनामनगर स्थित सिंहदरबार वृत पुगेका थिए । त्यसदिनदेखि उनीविरुद्ध चर्को आलोचना हुँदै आएको छ । उनलाई मन्त्रीबाट बर्खास्त गर्नुपर्ने माग अधिकारकर्मीहरुले गर्दै आएका छन् ।