NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

संसद् विघटन : सरकारी पक्षका वकिलको बहस सकियो, अब प्रधानमन्त्रीका निजी वकिलको बहस सुरु

काठमाडौं । संसद् विघटनविरुद्ध परेको रिटमाथि आज सरकारी पक्षका वकिलहरुको बहस सकिएको छ । बुधबार महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ताहरुले बहस गरेपछि सरकारी पक्षका वकिलको बहस सकिएको हो ।  अब प्रधानमन्त्री केपी शर्मा ओलीका निजी वकिलले बहस सुरु गरेका छन् । संवैधानिक इजलासले संसद विघटन मुद्दामा पक्ष र विपक्षबाट बहस गर्न १५१५ घण्टा समय छुट्याइदिएको थियो ।  जसमध्ये रिट निवेदक पक्षले १२ घण्टा बहस गरिसकेका छन् भने ३ घण्टा प्रतिरक्षा बहसका लागि छुट्याइएको छ । संसद् विघटनको निर्णयको प्रतिरक्षामा बहस गर्न पाएको १५ घण्टा समयमध्ये महान्यायाधिवक्तासहित सरकारी वकिलले ७ घण्टा र प्रधानमन्त्रीका वकिलले ७ घण्टा समय लिने गरी समय निर्धारण भएको थियो ।  एक घण्टा भने सभामुखका वकिलले पाउनेछन् । महान्यायाधिवक्ता कार्यालयका तर्फबाट बुधबार सहन्यायाधिवक्ताहरु गोपालप्रसाद रिजाल, सञ्जीवराज रेग्मी, लोकराज पराजुली र खेमराज ज्ञवालीले बहस गरेका छन् । प्रधानमन्त्रीको निजी वकिलको बहसको सुरुमा भने वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस सुरु गरेका छन् ।