NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

एमालेको महाधिवेशन आयोजक कमिटी खारेज, माधव नेपाललगायतका नेताहरुमाथिको कारबाही फिर्ता

काठमाडौं । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएको छ । आज बालुवाटारमा बसेको कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटी खारेज गर्दै केन्द्रीय कमिटीमा रुपतान्तरण गरेको छ ।  पार्टी एकताका लागि जेठ ३ गते फर्किने निर्णय भएसँगै अब महाधिवेशन आयोजक कमिटीलाई पनि केन्द्रीय कमिटीमा रुपान्तरण गरिएको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।  ‘अदालतले पार्टीको अधिकारलाई कटौती गरि महाधिवेशन आयोजक कमिटीलाई अवैधानिक भन्यो, हामी त्यसको प्रतिवादमा जान पनि सक्थ्यौं । तर, पार्टी एकताको मुद्दा अहिले प्रमुख भएकाले अदालतको फैसलाको मान राख्दै महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेका हौं ।’ यस्तै, माधवकुमार नेपाल लगायतका नेताहरुमाथि गरिएको कारबाही पनि फिर्ता भएको छ । ‘स्वभाविक रुपमा जेठ तीन गते फर्किने निर्णय भएसँगै उहाँहरुमाथि यसबीचमा गरिएका कारबाहीहरु निष्प्रभावी बनेका छन् । अब एकताका लागि मार्ग प्रशस्त भएको छ । उहाँहरु पनि आफ्नो जिम्मेवारी निभाउनुहुन्छ भन्ने विश्वास छ’, निर्णय सुनाउँदै नेता ज्ञवालीले भने ।