NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

बेलबारीबाट लागुऔषधसहित चार जना पक्राउ

विराटनगर । मोरङको बेलबारीबाट प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लागुऔषधसहित चारजनालाई पक्राउ परेको हो । पक्राउ पर्नेमा बेलबारी–१ का २५ वर्षीय रिकल कोइराला, २४ वर्षीय केशव गुरुङ, २७ वर्षीय विशाल गुरुङ र २५ वर्षीय सुजन गुरुङ रहेको  जिल्ला प्रहरी  कार्यालय मोरङले जनाएको छ ।   उनीहरूको साथबाट डाइजेल्याब, फेनारगन, एभिल र लुपिजेसिक गरेर ६८ एम्पुल लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक मिलन थापाले जानकारी दिए ।  पक्राउ परेकाहरूले प्रयोग गरेको को१७प ४७२ र को३०प ५६१ नम्बरको मोटरसाइकल पनि  नियन्त्रणमा लिएको प्रहरीले जनाएको  छ ।  पक्राउ गरेका चारै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन आज (बुधबार) म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।