NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सिन्धुपाल्चोकमा भारी वर्षा, मेलम्ची र इन्द्रावतीमा बाढीको सम्भावना

सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ। सिन्धुपाल्चोकका शेर्माथाङ्ग, धाप र चौतारा क्षेत्रमा बुधबार साँझबाट भारी वर्षा भइरहेको हो। थप वर्षा हुने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। यसले मेलम्ची र इन्द्रावती खोलामा बाढी आउनसक्ने चेतावनी दिइएको छ। महाशाखाले मेलम्ची बजार लगायतका तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह गरेको छ। असार १ गते मेलम्ची र इन्द्रावतीमा आएको बाढीले मेलम्ची बजारमा तहसनहस गरेको थियो।