NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज ३ गते

देवयानी कोकाकोला इन्डियाको उपाध्यक्ष

काठमाडौं । कोकाकोला इन्डियाले देवयानी राज्यलक्ष्मी राणालाई कम्पनीको उपाध्यक्ष नियुक्त गरेको छ। उनलाई कोकाकोलाको भारत तथा दक्षिणपश्चिम एसिया हेर्ने गरी पब्लिक अफेयर्स तथा कम्युनिकेसनको उपाध्यक्षमा नियुक्त गरिएको हो। कम्पनीका अनुसार देवयानीले विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्र तथा कर्पोरेट मामिला, रणनीतिक योजना तर्जुमामा लामो समयदेखि काम गर्दै आएकी छन्। देवयानी राजनीतिक घरानासँग जोडिएकी व्यक्ति हुन्। उनी राप्रपा नेता पशुपतिशमशेर राणाकी छोरी हुन् भने उनकी आमा उषाराजे भारतको भाजपाका दिवंगत नेता विजयराजे सिंधियाकी छोरी हुन्। देवयानीको पूर्वयुवराज दीपेन्द्र शाहसँग नाम जोडिएको थियो । कोकाकोला विश्वकै सबैभन्दा ठूलो पेय पदार्थ उत्पादक कम्पनी हो। यसले कोकाकोलाका विभिन्न भेराइटी, फ्यान्टा, स्प्राइट, लगायत उत्पादन गर्दै आएको छ। कोकाकोला इन्डिया सन् १८९२ मा स्थापना भएको हो। नागरिकमा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष