NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

जग्गा विवादका कारण रौतहटमा दोहोरो झडपः १० जना घाइते, एक जनाको हृदयघातबाट मृत्यु

रौतहट । जग्गाको पुरानो विवादलाई लिएर रौतहटमा बिहीबार मध्यराति दुई समूहबीच झडप भएको छ । रौतहटको चन्द्रपुरमा भएको झडपमा १० जना घाइते भएका छन् ।  यस्तै केही घर र आठवटा मोटरसाइकलमा पनि आगजनी गरिएको छ । झडपको क्रममा आफन्तको घर तोडफोड गर्दै गरेको देखेर ७० वर्षीय जगरनाथ चौधरीको हृदयघातबाट मृत्यु भएको छ ।  प्रहरीका अनुसार झडपमा विनेक चौधरी, आकाश चौधरी, मुथुन कुमार चौधरी, बच्चु चौधरी लगायत घाइते भएका छन् ।  नीहरुको चन्द्रनिगाहपुरस्थित अस्पतालमा उपचार भइरहेको छ । चन्द्रनिगाहपुरका डिएसी लिलाराज कोइरालाका अनुसार जग्गा सम्बन्धी पुरानो विवादलाई लिएर बिहीबार राति बस्तीपुरमा झडप भएको हो ।   उक्त घटनामा तीन जनाको घर तोडफोड गरिएको छ । जगनारायण चौधरी, श्रीराम चौधरी र लक्ष्मी चौधरीको घर तोडफोड हुनुका साथै आठवटा मोटरसाइकलमा आगजनी गरिएको छ । अहिले उक्त स्थानमा सशस्त्र र नेपाल प्रहरी खटाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।