NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरु, सहमति खोज्ने प्रयार जारी

काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुरु भएको छ ।  बिहीबार सहमति घोषणा नभएपछि पुनः सहमतिका लागि अहिले १ बजेदेखि कार्यदलको बैठक सुरु भएको हो । बैठकमा कार्यदलमा सम्मिलित सबै नेताहरु सहभागी छन् ।  पटक–पटक बैठक बसे पनि सहमतिको टुंगो लाग्न सकेको छैन । कार्यदलमा सहमति मिले पनि दुई शीर्ष नेताबीचको टकराव शान्त नहुँदा बिहीबार घोषणा हुने भनिएको सहमति हुन सकेन ।  पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट कार्यदलमा संयोजक रहेका नेता सुवास नेम्वाङले सहमति नजिक रहेको बताए पनि वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट सदस्य रहेका नेता घनशयाम भुसालले भने १० दिनदेखि कुनै प्रगति नभएको बताएका थिए ।