NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

माओवादी केन्द्र खारेजीबारे छिटो निर्णय गर्न पूर्व माओवादी नेताको माग

काठमाडौं । माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेका पूर्व माओवादी नेताहरुले निर्वाचन आयोगमा दिएको दल खारेजी सम्बन्धी विषयमा छिटो निर्णय गरिदिन माग गरेका छन् ।  निर्वाचन आयोगमा पुगेका उनीहरुले असार २३ गते दिएको निवेदनबारे छिटो निर्णय गर्न आग्रह गरेका हुन् । शुक्रबार आयोग पुगेका एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, मणि थापा, नेता प्रभु साह, लगायतका नेताहरु बहादुर भवन पुगेर प्रमुख आयुक्त दिनेश थपलियासँग भेट गरेका छन् ।  उनीहरुले माओवादी केन्द्रको दल दर्ता खारेजका लागि आफूहरुले बुधबार दिएको निवेदनमा के भइरहेको छ भन्ने चासो राखेका छन् । एमाले प्रवेश गरेका पूर्व माओवादी नेताहरुले माओवादी केन्द्रले २०५९ देखि पार्टीको महाधिवेशन नगरेको, पार्टी एकताका नाममा आयोगलाई झुक्याएको लगायतका दाबी गर्दै दल दर्ता खारेज गर्नुपर्ने भन्दै निवेदन दिएका थिए ।