NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

कालीगण्डकी तटीय क्षेत्रका स्थानीयलाई सजक रहन आग्रह

मुस्ताङ। उपल्लो मुस्ताङबाट बग्ने विभिन्न नदीको बहाव शनिबार दिउँसो उच्च भएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले कालिगण्डकी तटीयक्षेत्रका बस्तीहरुलाई उच्चसर्तकता अपनाउदै सुरक्षित रहन आग्रह गरेको छ।  प्रहरीले बाढीका कारण विपद्को अवस्था नहोस भन्ने उद्देश्यले यहाका स्थानीय तहलाई समेत सचेत रहन आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी रामकुमार दानीका अनुसार उपल्लो मुस्ताङको लोमान्थाङ, चराङ, सुर्खाङ, घमी र चैले लगायतका शाखा नदीहरुको बहाव उच्च भएकाले आवश्यक सावधानी अपनाउन स्थानीय तह माफत नागरिकलाई अनुरोध गरिसकेको छ । कालिगण्डकी नदीको तटीयक्षेत्र अन्तर्गत छुसाङ, कागबेनी, जोमसोम, स्याङ, टुकुचे ,कोवाङ, सौरु, सिर्खुङ, लेते, धम्पु लगायतका दर्जन स्थानका गाउँहरु जोखिमको अवस्था रहेकाले सर्तकता अपनाउ अनुरोध गरिएको छ ।  यस्तै ,कालिगण्डकी बहाव उच्च भएको अवस्थामा म्याग्दीका विभिन्न स्थान पनि जोखिम बढ्ने अनुमान गरिएको छ ।