NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

सर्वाेच्चकाे फैसलाअघि एमाले विवाद समाधान, गोकर्ण विष्टले भने, ‘भोलि नै सार्थक र सुखद समाचार सुन्न पाउनुहुनेछ’  

काठमाडौं । नेकपा एमाले एकता कायम राख्नका लागि गठित कार्यदलको बैठकमा आज पनि सहमति अन्तिम टुंगोमा पुग्न सकेन । तर, कार्यदलले भने सहमतिको प्रक्रिया अन्तिम निष्कर्षमा पुगिसकेको दावी गरेको छ ।  बैठकबाट बाहिरिएका एमाले नेता तथा कार्यदलका सदस्य गोकर्ण विष्टले पर्खाई निकै लामो भएकाले अब नआत्तिन आग्रह गरेका छन् । उनले सहमति अन्तिम निष्कर्षमा पुगिसकेका दावी गरे । ‘लामो समयदेखि नेपाली जनता, तपाईं पत्रकारहरु कुरिराख्नुभएको छ । अब धेरै कुर्नु पर्दैन’ सञ्चारकर्मीसँग जवाफ दिँदै नेता विष्टले भने, ‘आजसम्म यहाँहरुले जति दुःख गर्नुभयो । अब भोलि अन्तिम दिन मात्र दुःख पाउनुहुनेछ । ’ उनले पार्टीभित्र देखिएका अन्तरविरोध र तिक्तताका कारण सहमतिका लागि केही समय लागेको बताए । उनले अघि भने, ‘पार्टीभित्र देखा परेका असामान्य परिस्थिति सिर्जना भएको थियो । यहाँ सबैका भावनालाई सम्बोधन गर्नुपथ्र्यो । त्यसैले पनि केही समय लागेको हो । अब अन्तिम एक दिन कुर्नहोला भोलि नै सार्थक र सुखद समाचार पाउनुहुनेछ ।’ उनले सबै समास्या समाधान हुनेगरी बलियो र एकताबद्ध पार्टी बनाउनुपर्ने भएकाले केही समय लागेको बताए । तर, अब त्यो समय सकिसकेकाले सबै प्रक्रिया टुंग्याएर भोलि नै औपचारिक घोषणा हुने जानकारी दिए ।  उनले भने, ‘हिजो विवाद हुँदा पार्टीको मर्यादाविपरीत सतहमा आरोप प्रत्यारोप भए, एक अर्काबीच तिक्तता बढ्यो । त्यसलाई सम्बोधन नगरी बलियो एमाले बनाउन सकिँदैनथ्यो । त्यसैले पनि जनताको चाहना, कार्यकर्ताको अपेक्षा अनुसार नै बलियो र शक्तिशाली पार्टी बनाउनका लागि समय लाग्यो । अब भोलि अन्तिम हो । सबैले सुखद समाचार पाउछन् ।’